अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचिकोट किटनीकी एक किशोरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण झुण्डिएर आत्महत्या गरेकी छिन्।
काठमाडौंको चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार स्थित श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी खाँचिकोट डिही-किटनी निवासी देवी पौडेलकी छोरी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन्। उनी चन्द्रागिरी १२ बलम्वु बस्दै आएकी थिईन् ।
परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताए।
प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ। बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो।