अर्घाखाँचीमा ३.९ जीपीए साथ दुई विद्यार्थी जिल्ला प्रथम

प्रकासित मिती: २०७६ आषाढ १२, विहीवार

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अर्घाखाँचीमा दुई जनाले बराबरी नम्बर ल्याएर जिल्ला प्रथम भएका छन्। 
सन्धिखर्कस्थित गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्ककी अलिशा खत्री र दिनेश खनाल जिल्ला प्रथम भएका हुन्। दुवैले ३.९ जीपीए (९७.५ प्रतिशत) अंक ल्याएका हुन्। शिक्षा कार्यालयका अनुसार दुवै जनाको जीपीए बराबर रहेको बताएको छ । 
उता सामुदायिक बिद्यालय तर्फबाट डिभर्नामा रहेको ज्ञान प्रकाश माध्यमिक बिद्यालयले एसईई परीक्षा २०७५ मा जिल्ला प्रथम हुन सफल भएको छ । बिद्यालयका बिकाश बस्यालले ३.८५ जिपिए ल्याई जिल्ला प्रथम भए । बस्यालसँगै अन्य पाँच जनाले ए प्लस ग्रेडमा पास भएका छन् । जस्मा स्मृती खनालले ३.७० जिपिए , सन्ध्या श्रेष्ठ ३.७० जिपिए , अशोक श्रेष्ठ ३.७० जिपिए र त्यस्तै तारा कुवरले ३.६५ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै ३ जनाले ए ग्रेडमा पास भएका छन् । 
यस वर्षको एसईईमा अर्घाखाँची जिल्लाबाट ३ हजार ४ सय ३७ परीक्षार्थी सहभागी भएका थिए ।  परीक्षाका लागि १७ केन्द्राध्यक्ष १८ सहायक केन्द्राध्यक्ष १७९ निरीक्षक १०५ जना सहयोगी कर्मचारी र २५५ जना सुरक्षाकर्मी खटीएका थिए । 

अन्य समाचारहरु