सुर्य भुसाल
छत्रदेब, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले प्रदेश सरकालाई स्थानिय तहलाई टुक्रे योजना नदिन सुझाव दिनुभएको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा छत्रदेब गाउँपालिकाले आयोजान गरेको अति बिपन्न असाय ,अशक्त उत्कृष्ट कृषक सम्मान र बाल बिकास केन्द्रका बिद्यालयलाई स्माट टिभी हस्तान्तरण गदै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेलले आम नागरिकले पुस्तौ सम्म सम्झन लायक योजना स्थानियतहलाई दिन आग्रह गनु भएको छ । उहाँले प्रचारको नाममा साना योजना स्थानियतहलाई छुटाउदा त्यस योजानको प्रभाकारीता नदेखिने बताउनु भएको छ ।
कार्यक्रममा अति बिपन्न असाय ,फरक क्षमता भएका प्रत्येक वाडका ३ जानकादरले ८ ओटा वडाका २४ जनालाई नागद १० हजार र पालिकाभित्रका ८ जना उत्कृट कृर्षक र बालकिास केन्द्रका ८ ओटा बिद्यालयलाई बालकालिकालाई पठन पाठन गर्न सहजहोस भनेर ८ ओटा स्मार्ट टिभि बितरण गरिएको हो ।
कार्यक्रममा प्रदेश सरकारका शाखा अधिकृत केशब घिमिरे , मुख्यमन्त्रि गा्रमिण बिकासका प्रकास ज्ञवाली , वार्ड नं. ६ का वडा अध्यक्ष कमल पौडेल , वार्ड नंं ८ का अध्यक्ष राजकुमार श्रेष्ठ , मुख्यमन्त्रि गा्रमिण बिकासका कार्यक्रम सहजकर्ता भरत न्यौपाने , लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम उपाध्यक्ष तुल्सादेबि श्रेष्ठको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाललको संचालनमा सम्पन्न भएको हो ।