पर्यटन विकासमा पाणिनीले लियो तिव्रता, प्रदेश सभावाट १ करोड वजेट विनियोजन

डिआरजी सुमन 
पाणिनी,  अर्घाखाँची (अर्घाखाँची डटकम व्युरो)  । नेपाली संस्कृति व्याकरणको इतिहाँससँग जोडिएको पाणिनी ऋषिको तपोभूमी पणेना र दुर्वाशा ऋषिले तपस्या गरेको सततले गुफाको यो क्षेत्रमा पर्यटन विकासले गति लिएको छ । गाँउ पालिकाले सातौ गाँउ सभामा आफ्नो निति तथा कार्यक्रममा सुन्दर समृद्ध गाँउ पालिका निर्माणको लागी “पाणिनी र दुर्वाशा ऋषि संयुक्त पहिचान समृद्ध पाणिनी हाम्रो अभियान” भन्ने नारा लिएको छ । ऐतिहासिक खाँची राज्य अन्तर्गत रहेको साविकको ६ ओटा गाविसको संरचना जोडिएर वनाईएको पाणिनी गाँउ पालिका पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र हो । 
पाणिनी गाँउ पालिकाले सातौ गाँउ सभामा विशेष महत्वका साथ निति तथा कार्यक्रम वनाएको छ । 
यस गाँउ पालिकाका पाणिनी तपोभूमी, दु्र्वाश्वेश्वर गुफा, धातिवाँङ गुफा, पाणिनी कालिकाठी क्षेत्र , मस्जिद लगायतका क्षेत्रको पुर्वाधार विकास गरी धार्मिक पर्यटन प्रवर्द्धनमा जोड़ दिने । हिन्दु र मुस्लिम समुदायको आपसी सदभावलाई वढाउने लक्ष राखी हिन्दु र मुस्लिम मन्दिर तथा मस्जिद निर्माण गर्ने । पाणिनि तपोभूमी , कालिकाठी लेक हुदै नर्तनान्चल पर्वत सम्मको पदमार्ग निर्माणमा जोड दिने । होमस्टे संचालनको संभाव्यता अध्यायन गर्ने लगायत छन ।
महाभारत लेक को निगाली देउराली जस्ता क्षेत्रमा रिसोर्ट संचालन गर्न प्रोत्साहन गरी वुटवल लगायतका क्षेत्रवाट आन्तरिक पर्यटक भित्राउने कार्यमा जोड दिने । पर्यटकिय क्षेत्रमा भ्यु टावर लगायत पर्यटकिय विश्राम स्थल निर्माणमा जोड दिने । गाँउ पालिका क्षेत्र भित्रको पर्यटन गुरुयोजना निर्माण गर्ने । सौर्यखोला धोवीघाट क्षेत्रमा ताल निर्माण गरी पर्यटकिय स्थलको विकासमा जोड दिने । पाणिनी गाँउ पालिका भित्र रहेका दुर्गाफाट , कुरुले , व्यग्दी, पाणिनी दह लगायतका ठाउमा पिकनिक स्पोट निर्माण गरी पर्यटन विकासमा जोड दिदै यस्ता स्थलको निर्माणलाई प्राथमिकता दिने निति तथा कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७६/०६७ मा गाँउ पालिकाले पर्यटन विकास तर्फ ८० लाख विनियोजन गरेको छ । यस्तै पाणिनी तपोभूमी पुर्वाधार विकासको लागी प्रदेश सरकारवाट एक करोड़ विनियोजन भएको छ ।
पाणिनी गाँउ पालिका पछिल्लो समयमा आन्तरिक पर्यटकको गन्तव्य स्थल वनेको छ । स्थानिक सरकारले आफ्ना निति तथा कार्यक्रमलाई पुरा गर्ने हो भने लुम्विनि, सुपा देउराली , भैरव स्थान र रुरुक्षेत्र, रेसुंगा भ्रमण गर्न आउने पर्यटक पाणिनी भ्रमण गर्न सक्ने संभावना वढ्ने छ । पाणिनी तपोभूमी संस्कृत भाषासँग जोडिएको हुदा यो स्थानमा वि़श्व संस्कृत सम्मेलन आयोजना गर्ने गरी प्रदेश सभामा छलफल भई रहेको प्रदेश सभा सांसद रामजी प्रसाद घिमिरेको भनाई छ । पाणिनि तपोभूमी क्षेत्र निकट रहेको गोपाल सिद्ध आश्रममा विश्व संस्कृत भाषा पुस्तक संग्रहालय वनाउने तैयारी भई रहेको तर वजेट अभावका कारण निर्माण कार्यले पुर्णता नपाएको संग्रहालय निर्माण अभियानका अभियानकर्ता हुमकान्त पोखरेलले पत्रकारसँग वताएका छन । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु