अर्घाखाँचीडट्कम संवाददाता
ढाक्रेबास, अर्घाखाँची । प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वार्ड नं. ७ पालीको ढाक्रेबासमा गाँजाका बोटहरु नष्ट गरिएको छ ।
प्रहरी चौकी पालीबाट खटिएको प्रहरी टोली र स्थानिय बुद्धिजिवी, भद्रभलादमीको उपस्थितीमा आफै प्राकृतिक रुपमा उम्रिएका अं. २५० गाँजाका बोटहरु नष्ट गरिएको हो ।