सुर्य भुसाल
धनचौर, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाकाे आर्थिक सहयाेगमा अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रकाे आयाेजनामा भुमिकास्थान नगरपालिकाका १० धनचौरमा ३ दिने साबुन बनाउने तालिम एक कार्यक्रममा का विच सम्पन्न गरिएको छ ।
१० जना अपांगता भएका व्यतिलाई ” अपांगता मैत्री स्थानीय सरकार ,सम्मान,अवसर र समतामूलक व्यवहार “भन्ने मुल नाराका साथ अपांगता सीप तथा उद्योगम शिलता विकास सहयाेग कार्यक्रम अन्तगर्त ३ दिने साबुन बनाउने तालिम एक कार्यक्रममा का विच सम्पन्न गरिएको हो ।
भुमिकास्थान नगरपालिका का -८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा नगर प्रमुख रेशम थापा र उप प्रमुख खडान्द बेलबासेकाे अातिथ्यता प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालकाे विशेष अातिथ्यता ,कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालकाे आतिथ्यता र वडा सचिव लुम ब. खड्काकाे उपस्थितिमा कार्यक्रम संचालन गरिएकाे छ ।
कार्यक्रमकाे सचालन सहजिकरण लेखनाथ आचार्य र रक्षा पाण्येले गर्नु भएको थियोे । संस्थाले अर्घाखाँचीमा निकै रचनात्मक काम गर्दै आएको छ ।