अर्घा दरवार र भगवती मन्दिरको प्रचारप्रसार र विकासकालागि पहल गरिने

प्रेम नारायण आचार्य
अर्घा, अर्घाखाँची । प्रदेस नम्वर–५ का बन तथा पर्यटन मन्त्री लिला गिरीले धार्मिक तथा पर्यटकीय स्थल अर्घा दरवार र भगवती मन्दिरको प्रचारप्रसार र विकासकालागि पहल गर्ने बताउनु भएको छ । 
सन्धिखर्क नगरपालिका वडा नम्वर–९ अर्घामा रहेको अर्घा भगवती मन्दिरको अवलोकन गर्दै पर्यटन मन्त्री गिरीले चौविसे राज्य अन्तर्गत पर्ने अर्घा दरवार र मन्दिरको प्रचारप्रसार गर्न सकेमा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताउनु भयो । अर्घा दरवार विक्रम सम्वत १३०४ मा स्थापना भएको हो ।
चौविसे राजय अन्तर्गत पर्ने यो राज्य पाल्पा राज्य एकिरण हुदा नेपाल राज्यमा गाभीएको हो । कार्यक्रममा प्रदेस सदस्य चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस मन्दिर र दरवारको प्रचार प्रसार र विकास गर्न सकेमा धार्मिक पर्यटकीय स्थल अर्घा बन्न सक्ने बताउनु भयो ।
 यस मन्दिर तथा दरवारको विकासकालागि आफुले पहल गर्ने बताउनु भयो । कार्यक्रममा पुर्व सभासद नजीर मिया, प्रदेस सदस्य रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने लगायतले मन्तब्य राख्दै अर्घा दरवारकोलागि राज्यले पहल गर्नु पर्ने बताएका छन । 
कार्यक्रममा वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझि, लक्ष्मीनारायण चुदाली, नेकपाका नेता राम बहादुर रायमाझि, लिलबहादुर बिक, नेपाली कांग्रेसका जिल्ला सदस्य बाबुराम भुसाल, झविन्द्र खड्का , राष्ट्रिय जनमोर्चाका पोमनारायण पौडेल , पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
 कार्यक्रम मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सरोज भुसालको अध्यक्षता , वडा अध्यक्ष देववहादुर रायमाझिको स्वागत र वलवहादुर रायमाझिको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु