अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा (अर्घाखाँचीडट्कम) । ईलाका प्रहरी कार्यालय सिद्धारा अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं.९ सिद्धारा स्थित जन जागृती आधारभुत बिद्यालयमा जंगली च्याउ नखाने सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
जन जागृती आधारभुत बिद्यालयमा अध्यनरत छात्र छात्रालाई प्र.स.नि. चुल्हाई चौधरीले जंगली च्याउ नखाने सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।