पटौटीका मृगौला पीडित देब गरौजाको पैसा नहुँदा उपचार कठिन, सहयोग गर्न अपिल


प्रदीप सूर्यवंशी 
पटौटी, अर्घाखाँची २०७६/असार  २५ बुधबार  (अर्घाखाँची डट्कम्) । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा न.४ बस्ने देबि कला गरौजाको श्रीमान देब बहादुर गरौजा दुवै मृगौला फेल भएपछि अहिले बुटवल गाैतम बुद्ध सामुदायिक मुटु हस्पिटलमा डाईलाेसिस् भैरहेकाे छ।
गरौजाको घर पहिले  पाणिनी गाउपालिका ४ पटौटी, कुडापानी थियो। हाल रुपन्देही सालझण्डी पानबारी टोलमा सुकुम्बासी टोलमा सानो झुपडी बनाएर बसेको समेत उनका श्रीमतीले बताए।
गरौजा अहिले ३३ बर्ष भएको समेत श्रीमतीले बताए।
उनको २ साना छोरा छन जेठो छोरा १३ बर्ष र कान्छो छोरो १२ रहेको श्रीमतीले बताए। र उनको भारतको लुधियाना फोकल पाईन्टमा सुरज उद्योग काम गर्दै आएको र परिवार पाल्दै गरेको थिए। मृगौलामा समस्या देखिएको कारण उपचार गर्दै नोकरी गरेको पनि श्रीमतीले बताए। र भारतमा पनि आफ्नै काम गर्ने कम्पनीले केही सहयोग त गर्‍यो  र त्यहा उपचार गर्दा मृगौलामा समस्या  देखेपछी धेरै आर्थिक सहयोग नपाएको कारण नेपाल फर्केका थिए। 
अहिले बुटवल  गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्युसँग लडिरहे छन् ,उनको घरको आर्थिक अवस्था निकै कमजोर र दयनीय रहेको हुदा उनको जिवनरक्षाको लागि हजुरहरुको सानो सहयोग अमुल्य बन्न सक्छ त्यसैले आफ्नै दाजु भाइ आफ्नै छोरा सम्झी उपचारमा सहयोग पुर्‍याउन सबैले आफुसक्दो आर्थिक सहयोग गर्नुहुन बिनम्र अनुरोध उनको श्रीमती  र २ छोराहरुले गरेका छन।
हजुरहरुको सानो सहयोगले यी बाबाको अर्को जन्म पाउने पनि उनका २ छोराको आशा गरेको बताएका छन।
सहयाेगकाे लागि मृगौला पिडित देब बहादुर गरौजाको आफ्नै  iME ग्लोबल बैंक कपिलवस्तु ४ नम्बर जितपुर शाखामा रहेकाे खाता नम्बर-8607010002966 मा सहयोग अपिल गरेको श्रीमतीले जानकारी गराउएका छन्। 

अन्य समाचारहरु