छत्रदेव गाउँपालिकाका प्रत्येक वार्डमा होम-पाइप, बिकासमा सन्धिखर्क नगरपालिका भन्दा अगाडि

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बर्खायाममा ग्रामिण भेगका कच्ची बाटोहरु बिग्रन नदिन छत्रदेव गाउँपालिकाले प्रत्येक वडामा होम–पाइप राख्ने भएकोे छ । 
बर्खा लाग्दा आवज–जावतनै ठप्प हुनेगरि कच्ची सडकमा समस्या आउने गरेकाले सडक गुणस्तर वृद्धिको लागि नाली ब्यबस्थापन गर्न गाउँपालिका लागीपरेको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले जानकारी दिनुभयो । बर्षातको समयमा पनि नियमित सडक संचालन गर्नका लागि गाउँपालिकाले टेण्डर निकालेरै २० लाखको होम–पाइप खरिदको प्रक्रिया अँगाडी बढाएको छ ।
 गाउँपालिका भित्रका कच्ची सडकमा हिलो र भलले गाडि फसिरहने ठाउँमा होम–पाईप राखेर सवारिसाधन आवागमनामा सहजता ल्याउने कार्य भैरहेको छत्रदेब गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयो ।
उता यो सँगै छत्रदेव गाउँपालिका बिकासमा सन्धिखर्क नगरपालिका भन्दा अगाडि बढेको छ । सन्धिखर्कमा अहिलेसम्म होम–पाइप त नही नली समेत काटिएको देखिदैन ।  

अन्य समाचारहरु