सुर्य भुसाल
सन्धिखर्क , अर्घाखाँची । सन्धिखर्क नगर पालिकाकाे अायाेजना मा प्रथम उप मेयर क्रिकेट कप सुरू भएकाे छ ।
खेलाडीहरूलाइ प्राेत्साहित गर्ने उद्देश्य ले सन्धिखर्क नगरपालिका काे नगर बिनियाेजित बजेट बाट याे खेल सम्पन्न हुन लागेकाे हाे ।
एस खेलकाे ब्यबस्थापनमा अर्घाखाँची क्रिकेट संघ ले जिम्मेवारी प्राप्त गरेकाे छ, ।
सन्धिखर्क नगर उप प्रमुख ठाकुर कुमार बि क किशोर काे अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख कमल प्रसाद भुसालले सबै खेलकाे विकासकाे निम्ति सबैलाई समान रूपले सम्बाेधन गरेकाे बताउनु भयाे । उहाँले खेल क्षेत्रकै विकासकाे लागि सनपा काे १२ वटै वडा र सनपा १ बार्दिमा जिल्ला स्तरिय खेल मैदान निर्माण हुन लागेकाे बताउनु भयाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं.२ का अध्यक्ष माेतिजङ्ग रायमाझी ,नेपाल पत्रकार महासंघका हिम लेकाली ले कार्यक्रम सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रमकाे बिषयबस्तु बारे अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईले प्रकाश पार्नु भएकाे थियाे ।
सन्धिखर्क नगरपालिका ८ नं.वडा अध्यक्ष इश्वरि प्रसाद भुसालकाे स्वागत र शाखा अधिकृत गाेविन्द केसि काे सन्चालनमा उद्घघाटन कार्यक्रम सम्पन्न भएकाे छ । खेलमा १२ वटै वडाका खेलाडी हरू सहभागी भएका छन् र याे खेल ४ दिन सम्म सन्चालन हुने बताईएकाे छ ।
कार्यक्रम मा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली ,१२ वटै वडा का अध्यक्षहरू कार्यपालिका सदस्यहरू ,वन डिभिजन प्रमुख शिव प्रसाद शर्मा ,विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरू लगायतकाे अातिथ्यता रहेकाे थियाे ।