श्याम घिमिरे
आटिकापाटा, अर्घाखाँची असार २८ । सन्धिखर्कको आटिकापाटा स्ठित अर्घाखाँची जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई लक्षीत गरी आयोजना गरीएको १ महिने सिप बिकास तालीमको सनिबार एक कार्यक्रमका बिच समापन गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र कारागार कार्यालयको समन्वयमा गत जेठ २८ गते देखी तालीम सन्चालन गरीएको हो । कारागारमा रहेका पुरुष बन्दीहरूका लागि बाँसका कलात्मक सामग्री बनाउने र महिला बन्दीहरूका लागि हाते बुनाई होजियरी तालिम सञ्चालन गरिएको थियो ।
समापन तथा प्रमाण पत्र बितरण कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बन्दी जिवन बिताउनेहरुलाई सिपमुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यका साथ तालिम सन्चालन गरिएको बताउनुभयो । बन्दी जिवन केवल बन्द रहन मात्र नभएर सिक्ने अबसरका रुपमा पनि लिनुपर्ने भन्दै लामीछानेले सिपलाई व्यबहारमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो ।
लगनशिल,अनुशासित र मेहनतका साथ काम गरेमा जुनसुकै काममा पनी सफल हुने बताउदै लामीछानेले तालीमको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ लामीछानेले जिल्ला कारागार अर्घाखाँचीमा बन्दी जिवन भन्दा पनि सुधार जिवन दिने खालको बातावरण तयार गरिएको बताउदै बन्दी जिवन संगै पुन : सामाजिकरण हुने दिन आउने भएकाले सिप सिकेर दक्ष ब्यक्ति बन्नुको बिकल्प भएको बताउनु भयो ।
सहायक प्रजिअ बिक्रम थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी नायब उपरीक्षक गोपाल प्रसाद श्रेष्ठ,अनुसन्धान अधिकृत लक्ष्मण चौधरी,प्रहरी निरीक्षक खिमबहादुर घम,घरेलु कार्यालयका प्रमुख इन्दीरा भुसाल,सहायक प्रजिअ बिष्णुराज बेल्बासे,नेपाल पत्रकार महासंघमा अध्यक्ष हिम जिसी लेकाली, निमित्त जेलर कृष्ण प्रसाद आचार्य, तालीम प्रशिक्षक अमृत प्रसाद रिजाल,खिमकली श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
प्रदेश सरकार प्रदेश नं. ५ आन्तरीक मामिला तथा कानुन मन्त्रालय बाट चालु आ.ब २०७५०७६ को प्राप्त स्विकृत कार्यक्रम अनुसार कारागारका २० कैदीहरुलाई तालमि दिईएको हो । अर्घाखाँची कारागारमा उत्पादिन बाँसका कलात्मक सामाग्रीहरु जिल्ला र जिल्ला बाहिर बिक्रिबितरण हुने गरेका छन ।