खाचिकोटको फुदवाङमा वाढी पहिरोबाट बच्ने उपाय तथा जंगली च्याउ नखाने बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटको फुदवाङमा वाढी पहिरोबाट बच्ने उपाय तथा जंगली च्याउ नखाने सम्बन्धी बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत फुदवाङमा स्थानियबासी , भद्रभलादमी, समाजसेवी, बुद्धिजिवि, महिला, युवा र बालबालिकाको उपस्थितिमा प्र.स.नि. सन्तोष के.सी.ले वाढी पहिरोबाट बच्ने उपाय तथा जंगली च्याउ नखाने सम्बन्धी बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । 

अन्य समाचारहरु