बाबु रोका मगर
दिल्ली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असुरकोटका एक युवाको भारतको दिल्लीमा ६ तले घरको छतबाट खसेर मृत्युु भएको छ ।
असुरकोट निवासी गुन बहादुर थापाका माइला छोरा सन्तोष थापा भारतको राजधानी दिल्ली स्थित मुखर्जीनगरमा एउटा PG मा कार्यरत थिए । गत राती काम सकेर साथिहरु संग कुराकानी गर्दागर्दै बिल्डिङको छैठौं तलामा गएर फोनमा कुरा गर्ने क्रमम नै चिप्लिएर खसेको प्रत्यक्ष दर्शिले बताएका छन ।
मुखर्जीनगर पुलिस थानाले पनि घटना हत्या नभएर दुर्घटना नै भएको पुष्टि गरिसकेको छ । घटना भएको थाहा पाउनासाथ PG संचालकहरु ले नजिकै को अस्पतालमा भर्ना गरेका थिए जहाँ डक्टरले सन्तोष लाई मृत घोषित गरेको थियो बिविध कारणले उनको सब भोलि सोमबार बुझिलिने निर्णय भएको छ ।