पाणिनीका कृषक समूहलाई बोयर जातका बाख्रा हस्तान्तरण

अशोक खनाल 
पाणिनी (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका अर्घाखाँची ले किसान हरुलाइ ब्याबसायिक पशुपालन तथा कृषि मा आत्मनिर्भर बनाउने उदेश्य का साथ एक कार्यक्रम को आयोजना गरि १०० % बोयर जातका बाख्रा हरु कृषक समूह लाई हस्तान्तरण गरेको छ।
पालिकाको तीन ठाउँ मा श्रोत केन्द्र स्थापना गरि उक्त बाख्रा हरु हस्तान्तरण गरिएको थियोे भने श्रोत केन्द्र स्थापना नभएका वडा हरुमा एक एक वटा बोका दिइएको छ ।
सिधै अस्ट्रेलिया बाट ल्याइएका १६ पाठी र ८ वटा बोकाहरु पालिकाले बिनियोजन गरेको रु. एकलाख चार हजार मध्ये ८०हजार मात्र खर्च लागेको गाउँपालिका का अध्यक्ष अच्युत गौतम ले बताउनु भएको छ।

अन्य समाचारहरु