पालीमा गाँजा फडानी कार्यक्रम सम्पन्न

डिआरजी सुमन
पालि,अर्घाखाँची डटकम् / व्युरो। अर्घाखाँची जिल्लाको पुर्व दक्षिणी ईलाका पाणिनी गाँउ पालिका स्थित पाली प्रहरी चौकी जनताको घरदैलौमा दैनिक जसो पुग्ने गरेको छ ।
भौगोलिक क्षेत्र लामो रहेको मैदानको भर्तापुर देखी धातिवाँङ,पाली,अड्गुरीमा प्रहरी सक्रिय रहदै आएको छ यस चौकिले पाणिनी गाँउ पालिका स्थित चारओटा वडा लाई सुरक्षा दिदै आएको छ । यसै त पालि प्रहरी चौकिले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा निरन्तरता दिदै आएको छ । 
यस चौकिको नियन्त्रणमा रहेका कुनैपनि क्षेत्रमा समस्या परेको खवर पाउनसाथ रात दिन नभनी हामी जनताको घर दैलोमा पुग्ने गरेका छौ पाली चौंकी प्रमुख आरएन चौधरीले भन्नु हुन्छ । हिजोमात्र पाणिनी ८ स्थित विभिन्न स्थानमा गाँजा फडानी कार्यक्रम सम्पन्न भएको छ । 
प्रहरी साँझेदारी कार्यक्रमको प्रभावकारिता र यसको समीक्षा गर्ने गरी चारवटै वडामा वडा स्तरीय समीक्षात्मक कार्यक्रम गर्ने तयारीमा रहेको पाली प्रहरी चौकिले अर्घाखाँची डटकमलाई जानकारी गराएको छ । – तस्वीर आरएन चौधरी

अन्य समाचारहरु