सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको मुहार एक वर्षभित्र फेरिने

 मुक्तिनाथ भुसाल
सन्धिखर्क,  अर्घाखाँची । पर्यटकीय र धार्मिक महत्व बोकेको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको प्रारम्भिक खण्डमा देखिएको वर्षौं पुरानो समस्या समाधान हुने भएको छ । भविष्यमा उत्तर छिमेकी चीनको सीमासम्म जोड्ने सोचका साथ आज भन्दा एघार वर्ष अघिदेखि काम शुरु गरिएको सडकको शुरुवाती खण्डमा काम नहुँदा सडक उपभोग गर्नबाट स्थानीय हालसम्म बञ्चित रहेका छन् ।
महेन्द्र राजमार्गको सालझन्डी चोकदेखि ६ वटा जिल्ला हुँदै बाग्लुङको ढोरपाटनसम्मको करिव १८५ किमि लम्बाइको सडकका लागि आर्थिक वर्ष ०६७/६८ मा तीन करोड, ०६८/६९ मा १० करोड ८३ लाख, ०६९/७० मा आठ करोड ८२ लाख ५० हजार, ०७०/७१ मा १६ करोड, ०७१/७२ मा १४ करोड ४० लाख, ०७२/७३ मा १९ करोड ९७ लाख, ०७३/७४ मा २२ करोड ५० लाख, ०७४/७५ मा २२ करोड ४० लाख र ०७५/७६ मा २२ करोड २९ लाख गरि जम्मा १ अर्ब ४० करोड २९ लाख पचास हजार पुँजिगत खर्च भइसकेको छ । जसअनुसार सडकको शुरुवाती खण्डको १८ किलोमिटर सडक सुधारका लागि इस्टिमेट गरिएको रकम १० करोड ६८ लाख ५२ हजार ७ सय सतहत्तर रुपैयाँ तीन पैसा मध्ये ०७१ पुस २४ गते भ्याटसहित ४ करोड ९३ लाख ९६ हजार ८ सय अठचालीस रुपैयाँ चवन्न पैसामा ठेक्का नम्बर

अन्य समाचारहरु