मैदानमा अज्ञात समुहद्वारा नेपाल टेलीकमको टावरमा आगजनी (तस्बिर सहित)

डिआरजी सुमन
मैदान, अर्घाखाँची साउन १६, २०७६  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका -५ मैदानमा (उपल्ला अमजा) मा  रहेको नेपाल टेलीकमको एनटिसी पिटिएस टावरमा अज्ञात समुहले  आगजनी  गरेको छ।   
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पाणिनी गाँउ पालिका वडा नं ५ मैदान साविकको मैदान गाविस वडा नं ७ उपल्ला अमजा वस्ने वर्ष ३० को खेमराज न्यौपाने नाम गरको युवकलाई अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिंएको जानकारी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी खिम वहादुर घर्ति मगरले अर्घाखाँची डटकमलाई जानकारी गराउनु भएको छ । साथै पक्राउ परेका न्यौपाने रिहा गरिएको छ । 
 प्रारंभिक अनुसन्धानको क्रममा केही व्याक्तिको नाम पनि आएको छ यद्यपि सवै अनुसन्धान जारी नै छ । हिजो राति पाल्पा तिरवाट आएको केही विप्लव कार्यकर्ताले  आगज़नी गरेको हो भनिएता पनि पार्टीको कोही पनि भेटिएको छैन । 
विप्लवले एनसेल लाई टार्गेट गरेको भएता पनि झुक्किएर एनटीसीमा आगज़नी भएको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । मंगलवार राति करिव १० बजेको समयमा अज्ञात समुहले टावरमा आगजनी गरेको दुरसंचार कार्यालय प्रमुख गोबिन्द पराजुलीले  बताए।  आगज़नी घटनाको जानकारी पाउने बित्तिकै पाली प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय प्रहरीको टोली र गस्तीमा रहेको सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो । 
यस्तै पाणिनी गाँउ पालिक अध्यक्ष अच्युत गौतम सहितका जनप्रतिनिधी द्वारा वडा नं ५ अध्यक्ष जीवलाल घिमिरे,वडा नं ८ अध्यक्ष मीनराज आत्रेय, वडा नं ७ अध्यक्ष गुनाखर अधिकारीले आगज़नी भएको टावरमा अनुगमन गरेका थिए । 
यसै त पाणिनीमा सुरक्षा अनुसन्धान वढी रहेको अवस्था छ । नेपाल टेलीकमको टावरमा आगजनी भएपछि यहाँका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन्  । गोबिन्द पराजुलीका अनुसार क्षतिकाे निरिक्षण गर्न टेलिकम कार्यालय अर्घाखाँचीकाे प्राबिधिक टाेली टाबर रहेको स्थानमा पुगेको र पुन: मर्मत संभारगरि सुचारू गरिने जानकारी दिनुभयाे । उक्त स्थानमा करिब १० बर्ष देखि टाबर सन्चालनमा आएकाे थियाे ।
नेपाल प्रहरी पाली चौकी प्रहरी चौकी प्रमुख असही राम नारायण चौधरीका अनुसार घटना कसले गराएको भन्ने थाहा छैन तर अहिले पनि अमजा तथा आसपास क्षेत्रमा सर्च जारी छ ।
 पाणिनी क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारीएको छ । पाणिनी गाँउ पालका वडा नं ५ को अमजामा भएको आगज़नी वारे आधिकारिक रुपमा ज़िम्मेवारी कसैले नलिए पनि विप्लव नेतृत्वको कम्युनिस्टले साउन १५ सम्म घोषणा गरेका उसका कार्यक्रमको अन्तिम दिन आगजनि हुनुले उसै समुहले गरेको हो कि भन्ने संका गरिएको भएता पनि वास्तविक अनुसन्धानवाट आउने वताउनु हुन्छ पाणिनी गाँउ पालिक वडा नं ५ वडा अध्यक्ष जीव लाल घिमिरे । अहिले पनि प्रहरी घटना स्थल वरपर व्यापक सर्चमै रहेको छ ।
मैदानमा रहेको नेपाल टेलीकमको टावर । तस्बिर: डिआरजी सुमन, अर्घाखाँचीडट्कम
तस्बिर: डिआरजी सुमन, अर्घाखाँचीडट्कम

अन्य समाचारहरु