सिमलपानीको सिमरेनीमा बाणगंगा नदीले बगाएर सुवर्णखालका एक युवाको मृत्‍यु

बिष्णु कुमार आले 
सिमलपानी, अर्घाखाँची साउन १६, २०७६ अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । पाँच दिनदेखि घरबाट हराएका अर्घाखाँची सितगंगा १ सुवर्णखालका २८ वर्षीय कर्ण बहादुर बिक (चुदारा) को शव बाणगंगा नदीमा बुधबार फेला परेको छ।  
मृतक बिकको सव सितगंगा १४ सिमलपानी सिमरेनीमा बाणगंगा नदीले बगाएर  दुई ढुङगाको बिचमा अड्किएको अवस्थामा  फेला परेको हो। नदीको बिचभागमा ढुङ्गामा डुबेको अवस्थामा शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 
 जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय ठाडा बाट गएको प्रहरीको टोली र सितगंगा १४ का वडा अध्यक्ष दामोदर न्यौपानेसहित स्थानिय बासिन्दा घटनास्थलमा पुगेर खोलाको कोप्चेरोमा फसेको शवलाई बाहिर निकालेका थिए। 
अहिले शवलाई पोष्टमाटम लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ।

अन्य समाचारहरु