बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची । बिगत ५ वर्षदेखि अर्घाखाँचीमा कृषि र पशुसम्बन्धि काम गर्दै आएको जलवायु परिवर्तन अनुकुलन कृषि आयोजना जिल्ला स्तरीय परियोजनाको अवधि सकिएको छ । बुधवार सन्धिखर्कमा विभिन्न सरोकारवाला निकायहरुसँग कार्यक्रम गर्दै परियोजनाले कार्यसीमा सकिएको जानकारी गराएको छ ।
परियोजनाले अर्घाखाँचीका साविकका ६ वटा गाविसमा काम गरिरहेको थियो । सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६, ९ र १०, शितगंगा नगरपालिकाको वडा नम्बर ७, ८, १३ र १४, पाणिनी गाउँपालिकाको वडा नम्बर ४ र छत्रदेव गाउँपालिकाको वडा नम्बर ७ मा परियोजनाले काम सम्पन्न गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले यस परियोजना रहेर काम गरेका सहजकर्ताले सिकेका सिपलाई समाजमा रहेका आम कृषक माझ पुर्याउन आग्रह गर्नुभयो । उहाँले परिवर्तित समयसँगै कृषिमा पनि आमुल परिवर्तन गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।
यस्तै सन्धिखर्क नगर