रुद्रमणि भुसाल
बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिक्षा, स्वास्थ्य, सामाजिक सचेतना लगायतले पछाडि पारिएका दलित समुदायलाई लक्षित गरि गाउँपालिकाले ८ वटै वडामा सोलार वत्ति वितरण कार्यलाई तिव्रता दिएको बताउनुभयो ।
छत्रदेव गाउँपालिकाको वडा नं. ३ को दुन्द्रुक, बल्कोट र वडा नं. ४ को केरुङ्गा रिठाकारुखमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलित समुदायले कमजोर भएको महशुस नगर्न आग्रह समेत गर्नुभयो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष तुलसादेवी श्रेष्ठले आर्थिक अभावले विद्युत जडान गर्न नसकेका महिला दिदीबहिनीहरुलाई घरको दैनिकी कामसँगै बालवालिकालाई पढाउन समेत सोलार बत्तिले थप राहात मिल्ने बताउनुभयो । वडा नं. ३ र ४ मा गरि दलित समुदायलाई ३ सय सोलार बत्ति आज वितरण गरिएको हो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष तेजप्रसाद खनाल, वडा नं. ४ का वडाध्यक्ष अशोक कुमार श्रेष्ठ, ६ का वडाध्यक्ष कमल पौडेल, वडा सदस्य निकला सार्की, लक्ष्मी बि.क., दिनामणि पाण्डे, छत्रदेव गाउँपालिकाका नेकपाका अध्यक्ष रामलाल पराजुली, नेपाली कांग्रेसका संयोजक बालकृष्ण पोख्रेल, वडा नं. ४ का वडा सभापति ईश्वरी प्रसाद पाण्डे, नेकपाका वडा कमिटि अध्यक्ष भिमलाल खनालले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम वडा नं. ३ मा दुर्गा पन्थी र वडा नं. ४ मा नुमलाल पन्थीको सञ्चालन सम्पन्न भएको थियो ।
यसैबीच छत्रदेव गाउँपालिकाका ८ वटै वडामा अतिविपन्न, विपन्न, एकल महिलाहरुका लागि ४० वटा बोयर बाख्रा वितरण गरिएको छ । यसले आयआर्जनमा थप सहयोग मिल्ने गाउँपालिकाका प्रवत्ता बालकृष्ण श्रेष्ठले जानाकारी दिनुभयो ।