अर्घाखाँचीबाट सरुवा भएका जिल्ला न्यायाधीश रामचन्द्र पौडेललाई बिदाई

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट सरुवा भएका जिल्ला न्यायाधीश रामचन्द्र पौडेललाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ।
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र का प्रशिक्षक साधक र अर्घाखाँची पतन्जली योग समितीले संयुक्त रुपमा बिदाइ गरेको हो । पतन्जली योग समिति अर्घाखाँचीका अध्यक्ष प्रेमनारायण पोखरेलको अध्यक्षता पार्बता श्रेष्ठको स्वागत मन्तब्य र आयुर्वेद स्वास्थ केन्द्र कि प्रशिक्षक पुस्पा भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा संचालित योग शिबिर केन्द्रहरुबाट प्रतिनिधित्व मुलक उपस्थिति रहेको थियो।
अर्घाखाँची जिल्ला मा २०७४साल भाद्र ३० गते आउनु भएको थियो ।
३८ बर्ष न्यायलय क्षेत्रमा काम गर्नु भएका पौडेलले जिल्लाका ४९४ विभिन्न प्रकृतिका मुद्दाहरु फरर्चौट गर्नु भएको छ । उहा मनाङ जिल्ला अदालतमा सरुवा हुनु भएको हो ।

अन्य समाचारहरु