बाँगी रातामाटामा कृषक दिवस कार्यक्रम सम्पन्न

बिष्णु खनाल
बाँगी, अर्घाखाँची ।  आचार्य एग्रोभेट सेन्टर सन्धिखर्क चुत्राबेसीको आयोजनामा मालारानी गाउँपालिका वडा नं. ५ बाँगी रातामाटामा कृषक दिवस कार्यक्रम सम्पन्न भएको छ । बाँगीमा रहेका ६ वटा कृषकसमुहका झण्डै १ सय ३० जना कृषकहरु सम्मिलित उनीहरुका समस्या, ज्ञान र भोगाईका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
छलफल कार्यक्रममा बोल्ने कृषकहरुले परम्परागत रुपमा गरिदै आएको कृषि प्रणालिलाई व्यवसायिक तरिका अपनाएमा मात्र कृषिको क्रान्ति हुने र कृषकहरुलाई फाईदा हुने बताएका थिए । कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष शोभाकर भुसालले कृषकहरुलाई व्यवसायिक र कृषिमा आत्मनिर्भर बनाउन वडाले बजेट विनियोजन गरेको बताउनुभयो ।
 
यस्तै कृषकहरुका लागि कृषिमा अनुदान दिनका लागि विभिन्न कार्यक्रम वडाले अगाडी सारेको पनि बताउनु भयो । सन्धिखर्क चुत्रावेशिमा रहेको आचार्य एग्रोभेट सेन्टर र युएसएआईडी किसान २ परियोजनाको सहयोगमा विभिन्न कृषक समुहलाई तालिम र खेतवारि मै गई प्राविधिक ज्ञान प्रदान गरेको आचार्य एग्रोभेट सेन्टरका व्यवस्थापक प्रदीप आचार्यले बताउनु भयो । उहाँले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम लगेर कृषकहरुका लागि गुणस्तरीय सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाइ कृषि जोन अधिकृत थिरलाल गैरे, कृषि ज्ञान केन्द्रका बागवानि अधिकृत चतुर्भुजि चौधरी, मालारानी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मण बराल, किसान २ परियोजनाका जिल्ला प्रमुख विश्व पोख्रेल, मित्र बहादुर बिसि, पशु स्वास्थ्य प्राविधिक दिपक रिजाल, अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष रामहरी घिमिरे, भानुभक्त जैसी, प्रशिक्षक तथा सयौ कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम आचार्य एग्रोभेट सेन्टरका व्यवस्थापक प्रदीप आचार्यको अध्यक्षता र कृषि प्राविधिक शुसिल आचार्यको सञ्चालन सम्पन्न भएको हो । यसअघि सोहि टोलिले आचार्य एग्रोभेट सेन्टरले विभिन्न क्रियाकलाप गर्दै आएको ठाउँहरुमा अनुगमन तथा भ्रमण गरेको थियो । कार्यक्रममा व्यवसायिक साक्षरता कक्षा लिएका कृषकहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

अन्य समाचारहरु