वाङ्लाको टुनिपोखरामा आत्महत्या नियन्त्रण, बालविवाह, विविध सामाजिक अपराध तथा कुरितिका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको टुनिपोखरामा टुनिपोखरा टोलसमिति गठन साथै आत्महत्या नियन्त्रण, बालविवाह, विविध सामाजिक अपराध तथा कुरितिका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्र.स.नि. सन्तोष के.सी.ले जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं.४ स्थित टुनिपोखरामा स्थानिय जनप्रतिनिधी,स्थानियबासी,समाजसेवी,महिला,तथा युवाको उपस्थितिमा टुनिपोखरा टोलसमिति गठन साथै आत्महत्या नियन्त्रण, बालविवाह, विविध सामाजिक अपराध तथा कुरितिका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भएको थियो । 

अन्य समाचारहरु