टोप वहादुर रायमाझीले आफ्नो गाउँको नाम जोडेर बनाएको अर्घा भगवतीको सट्टा अर्घाखाँची विमानस्थल नामाकरण माग

टोप वहादुर रायमाझीले आफु जन्मिएको  गाउँको नाम जोडेर अर्घा भगवती नामाकरण गरेका छन्। उनले ३ पटक शिलान्यास, शुभारम्भ गर्दै अर्घाखाँचीबासीको ध्यान तान्दै आएका छन् । अर्घा बाहेक अर्घाखाँचीभर अर्घा भगवती सट्टा अर्घाखाँची विमानस्थल नामाकरण माग गर्दै व्यापक विरोध शुरु भएको छ ।          

डिआरजी सुमन
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्ला आफैमा एक ऐतिहासिक जिल्ला भएता पनि राजनितीक भागवण्डाले गर्दा पटक पटक विवादित वनाउने गरेको छ । यस जिल्लाको नाममा विमानस्थल नामाकरण गर्दा प्रभावकारी हुनेमा दुईमत छैन । यस जिल्लाको ऐतिहासिक तथा पर्यटकीय महत्त्व पनी कमी छैन । अर्घा र खाँची दुवै ऐतिहासिक राज्यको एकीकरणवाट वनेको अर्घाखाँची जिल्लाको नामवाट ‘अर्घाखाँची विमानस्थल’ नामाकरण गर्नुको सट्टा टोप वहादुर रायमाझीले आफु जन्मिएको गाविस ‘अर्घा’ र आफ्नै वरिपरि रहेको मन्दिर ‘भगवती’ जोडेर अर्घा भगवती नामाकरण गर्नुले अझैपनि जिल्ला र देशको निष्पक्ष माया नेतालाई छैन भन्ने कुरा प्रष्ट पारेको छ । अर्घाखाँचीमा अर्घा वाहेकको अर्कों राज्य वा गाविस र हिन्दु वाहेकका अरु धर्मावलंबीहरु पनि भएकोले यो नामाकरण गलत सावित भईरहेको छ ।
आम मानिसको नियत ठिक हुदाहुदै पनि कहिलेकाँही उनका आसेपासे भरौटेका कारण असफल वा वदनाम गरिने गरिन्छ । यस्तै भएको छ अर्घा भगवती विमानस्थलको विषय पनि । अर्घा भन्ने स्थान सांसद टोप वहादुर रायमाझीको गाँउ अनि भगवती उनकै गाँउमा रहेको मन्दिर सोही दुई शव्द छनौट गरी नामाकरण भएको यो स्थानले जिल्लावासीलाई वहसको विषय वनेको छ । जिल्लामा विकासप्रेमी नेताका रुपमा परिचित टोप वहादुर रायमाझीको पहलमा निर्माणाधीन अर्घा भगवती विमान स्थल निर्माणको विषय पछिल्लो समयमा विवादित विषय वनेको छ । पहिले त भौगोलिक रुपमा जिल्ला कै सुदुर उत्तर भागमा स्थान छनौट गरिएको प्रति एक पक्षको आपत्ति छ दोस्रो कुरा जिल्लाको नाममा विमानस्थलको नामाकरण नगरिएको प्रति पनि धेरै आपत्ति छ ।
नेपालको ५ नं प्रदेश अन्तर्गतको पहाड़ी जिल्ला अर्घाखाँची सड़क संजालको विकासमा नेपालमै एक नंवरमा पर्ने जिल्ला हो । यस जिल्लादेखी पटक पटक गरी कयौँ राजनेता सरकारमा पुगे मात्र हैन केहीले त जिल्लाको पक्षमा महत्त्वपूर्ण काम पनि गरेका छन । अर्घाखाँची जिल्लाका विकासप्रेमी नेताको रुपमा परिचित कम्युनिस्ट नेता तथा प्रतिनिधि सभा सदस्य टोप वहादुर रायमाझी झालझण्डी ढोरपाटन वा सालझण्डी तम्घास फ़ास्ट ट्रैक खोलेदेखी अझ जनप्रेमी वनेको अवस्था छ ।
अर्घाभगवति विमानस्थल पटक पटक शिलान्यास हुने गरेको समाचार आउने गर्दा धेरैले यो विमानस्थल वन्ने हो कि शिलान्यास र सुरु भन्दै फोटा खिचेर सामाजिक संजालमाम राख्ने हो ? भनि जिल्ला वाँसीले सामाजिक संजाल मार्फ़त सांसदलाई प्रश्न गर्न सुरु गरेका छन । सामान्यतः नेताहरु काममा भन्दा वढी भाषणमा लुप्त रहने अनि तीनै नेताको आडमा आसेपासे वनि ज्यान पाल्ने पत्रकार उनैका झींगा लखेटी पैसा कमाउन पाए उनका जस्तो सुकै गलत पक्षको पनि वचाउ गर्ने शैलीले प्रतिष्ठित व्याक्तिको पनि साँख खस्कदो छ ।
अर्घाखाची जिल्लाको सामान्य परिचय : क्षेत्रफल एक हज़ार एकसय त्रिनब्वे वर्ग किलोमीटर रहेको छ । यस जिल्लाको पुर्वी सिमानामा पाल्पा,पस्चिममा दाङ र प्युठान,दक्षिणमा कपिलवस्तु र रुपन्देही र उत्तरमा गुल्मी पर्दछन । अर्घाखाची जिल्ला पहाड़ी जिल्ला भएर पनी मोटरवाटो सड़क संजालमा अत्यन्त सुगम मानिन्छ । अर्घाखाची प्रवेशको मुल मार्ग कपिलवस्तु जिल्लाको गोरुसिंगे हो । जुन सड़क पुर्व पस्चिम लोकमार्गमा जोडिएको छ । अर्कों सड़क पाल्पा देखी पनी प्रवेश गर्न सकिन्छ । यस्तै गुल्मी,रुपन्देही र प्युठान देखी पनी वाटो जोडीएको छ । पर्याटकिय दृष्टिकोणले हेर्दा शान्तिका अग्रदुत गौतम वुद्धको जन्म स्थान लुम्विनी हुदै अर्घाखाची भ्रमण गरी पाल्पा सम्म पनी भ्रमण गर्न सकिन्छ । अर्घाखाची जिल्ला धार्मिक,सांस्कृतिक,प्राकृतिक एवम् ऐतिहासिक रुपले भरीपुर्ण तिर्थ स्थल वनाउन उपयुक्त जिल्ला हो । पर्याटन विकास सम्बन्धि अर्घाखाचीमा धेरै संभावना रहेका छन । यसर्थ अर्घाखाची जिल्लालाई नेपाल सरकारले प्रमुख पर्याटकिय क्षेत्रको रुपमा लिई अर्घाखाँचीको सौन्दर्यलाई पर्याटकिय माध्यमवाट विस्वभर फैलाउन आवस्यक देखिन्छ ।
ईतिहास वमोजिम भुरेराजाको पालामा चौविसे राज्य अन्तर्गत अर्घा दरवार पर्दछ । यो दरवार वि.स.१६८० मा निर्माण भएको हो । यस दरवारका राजा विर साह हुन भन्ने ईतिहाँसमा उल्लेख भएको पाईन्छ । यस दरवारमा चैते दशैँ,विजया दशामीमा दुर्गा भवानीको पुजा भव्य रुपमा गरिने परम्परा चलि आएको छ । मुख्यत: विजया दशामी पछीको कोजाग्रत पुर्णिमाको दिन यहाँ भव्य सराय नाँच हुने गर्दछ । यो दरवार धेरै समय पुरानो भएता पनी संरक्षण राम्रो भएकोले पहिलाको अवस्थामा जस्तै सवै ईतिहास सुरक्षित रहेको छ । चौविसे राज्य अंतर्गत नै खाँची दरवार पनी पर्दछ । यस दरवारका अन्तिम राजा दुर्गा भजन साह हुन भन्ने ईतिहाँसमा उल्लेख भएको पाईन्छ । त्यो समयका भग्नावशेष ,ईँटा लगायतका प्रमाण अहिले सम्म पनी देख्न सकिन्छ । यस स्थानमा तत्कालिन समयमा राजपरीवारले प्रयोग पानीको ईनार जस्ताको त्यस्तै देख्छ । यो दरवार धेरैअग्लो स्थानमा रहेको छ यस स्थानको उचाई २२३६ मिटर छ । यहाँ पनी चैते दशैँ र विजया दशामीको समयमा दुर्गाको पुजा गर्ने चलन छ । यो स्थानमा विजया दशामी पछी द्वयादशीको दिनमा ठुलो सराय नाचँ सहित रमाईलो गर्ने गरिन्छ ।
ऐतिहासिक किंवदन्ती वमोजिम भुरे राजाको पालामा चौविसे राज्य अन्तर्गत पर्ने अर्घा दरवारका राजा र खाँची दरवारका राजा विच सन्धि भए पछी अर्घाखाँची नामाकरण हुन गएको हो । अर्घाका राजा र खाँचीका राजाको सन्धि भएको स्थानलाई सन्धिखर्क भनिन्छ जहाँ हालको सदरमुकाम रहेको छ । अर्घाखाची जिल्ला समुंद्री सतहदेखी ३०५ मिटर देखी २५१५ मिटर उचाई ६.५ डिग्री देखी ४० डिग्री सेन्टीग्रेड सम्म तापमानको विसमता रहेको मध्य पहाड़ी स्थानमा अवस्थित छ ।
(लेखक : नेपाली समाज र राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार एवं अर्घाखाँची डटकम् व्युरो प्रमुख हुनुहुन्छ ।) 

अन्य समाचारहरु