धारापानीमा ढिकबाट खसेर एक युवाको मृत्य

शिशिर भाट तस्बिर: फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ३ धारापानीमा ढिकबाट लडेर एक जनाको घटनास्थलमै मृत्य भएको छ । 
धारापानी बस्ने २३ बर्षिय शिशिर भाटको घर नजिकैको ढिकमा सुकेको बाँसको किलामा अडेस लागेर बाटोको नजिकै सडक निमार्ण हेरिरहेको बेला उभिदा उक्त किला जरैबाट भाँचिन गई ढिकबाट खसेर मृत्य भएको हो । 
१० मिटर तल बाटो छेउको पक्की नालीमा खस्न गई निजको घट्नास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताएका छन । 
शबलाइ पोष्ट मार्टमको लागी अर्घाखाँची अस्पताल सन्धिखर्कमा पठाईएको छ ।

अन्य समाचारहरु