अर्घाखाँचीमा एक वर्षमा सवारी दुर्घट्नामा १६ जनाको ज्यान गयो, ३७ लाख राजश्व संलकन

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची २२ साउन । आ.व २०७५/०७६ मा अर्घाखाँचीमा २१ वटा सवारी दुर्घटना भएका छन । जसमा बस १, ट्रक १ , जिपकार १२ , ट्याक्टर २ र मोटरसाईकल ५ वटा दुर्घटना भएका हुन । दुर्घटना भएका सवारी साधनबाट १६ जनाको मृत्यु भएको छ भने ४७ जना गम्भीर घाईते र १९ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । गतवर्ष भन्दा ५ वटा सबारी साधन दुर्घटना कम भएपनि मृत्यु हुनेको संख्या भने बढेको छ । गतवर्ष ११ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयले जनाएको छ । ग्रामिण कच्ची सड्क, धेरै यात्रु सवार हुनु, तिव्र गति,ओभर ट्याक लगायतका कारणबाट सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी जवान नारायण पराजुलीले जानकारी दिए ।

सवारी साधन कारबाही बाट करीब ३७ लाख राजश्व संलकन –
आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सवारी साधन कार्वाहीबाट ३६ लाख ८४ हजार ५ सय रुपैया राजश्व संलकन गरेको छ । ट्राफिक नियम पालना नगरेका ५ हजार ९ सय ४९ बिभिन्न सवारी साधनहरु कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख राजिप श्रेष्ठले जानकारी दिए । सवैभन्दा धेरै कार्वाही पर्नेमा मोटरसाईकल रहेका छन । २ हजार ४ सय १७ वटा मोटरसाईकल कारबाहीमा १५ लाख १४ हजार रुपैया राजश्व संलकन भएको हो । २ हजार १ सय ४६ वटा जिपकार कारबाहीबाट १२ लाख ८६ हजार ५ सय राजश्व संकलन भएको छ । यस्तै ३ सय २३ वटा बस कारबाहीबाट १ लाख ७९ हजार ७ सय ८५ रुपैया राजश्व संकलन भएको हो । यस्तै ७ सय ८५ वटा ट्रक कारबाहीबाट १२ लाख ७१ हजार र २ सय ७८ वटा ट्रयाक्टर कावाहीबाट १ लाख ६३ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष भन्दा यस वर्ष ७ लाख ७२ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको ट्राफिक प्रहरी अर्घाखाँचीले जनाएको छ । अघिल्लो बर्षको तुलनामा यसवर्ष १३ सय २० वटा सबारी साधनले ट्राफिक नियम उल्लंघन गरेको ट्राफिक प्रहरी जवान पराजुलीले जानकारी दिए ।
३ बर्षको सम्मको ट्राफिक कारवाही तथा राजश्व संकलनको डाटा हेर्दा वर्षेनी सवारी साधन कारबाहीको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ४ हजार ५ सय ६३ सवारी साधन कारबाहीमा २६ लाख ६४ हजार राजश्व संकलन भएको थियो । यस्तै आ.व २०७४/०७५ मा ४ हजार ६ सय २९ सवारी साधन कारबाहीमा २९ लाख १२ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवैभन्दा बढी सवारी साधन जेष्ठ महिनामा कारवाहीमा परेका छन् । जेष्ठमा ९ सय ५० सवारीसाधन कारबाहीमा ६ लाख ९५ हजार राजश्व संकलन भएको हो ।
उता ट्राफिक प्रमुख श्रेष्ठले ट्राफिक नियम विपरीत चलाइने सवारीसाधनलाई नियमपुर्बक कारबाही गर्ने गरेको बताए । उनले सडकको लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामाग्री ढुवानी गर्नेे, आबश्यक कागजात नभएका,मादक पदार्थ सेवन गरी ड्राईभिङ्गर्ने लगायत नियम बिपरीत कार्यगर्ने जोसुकैलाई पनी कारबाही गर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यस्तै बिद्यालयका विद्यार्थी, सबारीचालक सह-चालक,गाडी धनि, यात्रु लगायत अन्य सर्बसाधारण नागरीकहरुलाई सचेतनामुलक कार्यक्रम सन्चालन गर्दे आईरहेको छ ।
पछिल्लो समय ट्राफिक कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा होरीङ बोर्ड,पार्किङ सम्बन्धी सडक बोर्ड लगायतका सन्देशमुलक कार्यलाई तिब्रता दिएको छ । ट्राफिक प्रहरीको प्रशंसनिय कार्य संगै आम नागरीकको ट्राफिक नियम सम्बन्धी कुराहरुमा यथोचित रुपमा ध्यान जानेहो भने पक्कैपनी सभारी दुर्घटनाबनाट सुरक्षित हुन सकिन्छ ?
पछिल्लो समय ट्राफिक कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा होरीङ बोर्ड,पार्किङ सम्बन्धी सडक बोर्ड लगायतका सन्देशमुलक कार्यलाई तिब्रता दिएको छ । ट्राफिक प्रहरीको प्रशंसनिय कार्य संगै आम नागरीकको ट्राफिक नियम सम्बन्धी कुराहरुमा यथोचित रुपमा ध्यान जानेहो भने पक्कैपनी सभारी दुर्घटनाबनाट सुरक्षित हुन सकिन्छ ।  

अन्य समाचारहरु