अर्घामा महिलाहरुलाई उन्नत जातका बाख्रा वितरण

सुर्य भुसाल 
अर्घा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड न ९ अर्घामा शुक्रबार एक कार्यक्रमका बीचमा महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ ।
 कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यतामा सम्पन्न्न भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख विकले बाख्रापालन सामान्य लगानीबाट गर्न सकिने भएकोले महिलालाई आयआर्जन तर्फ केन्द्रित गराउनको लागि नगरले बाख्रा वितरण गरेको बताउँदै यसलाई सार्थक र सफल बनाउन लाग्नुपर्ने बताउँदै नगरले आगामी बर्ष पनि गरिब महिला दलित विपन्त परिबारका मानिसको लागि विभिन्न आर्कषण योजना ल्याएको बताउदै नगर उपप्रमुख विकले नगरले शिक्षा स्वास्थ्य को विकासको लागि आफुहरु लागि परेकोे बताउदै शिक्षा र स्वास्थ्यको सुधारमा लाग्नुको विकल्प नरहेकोे बताउनुभएको थियो । कार्यक्रममा करिब २० जना महिलालाई बाख्रा वितरण गरिएको थियो  ।
कार्यक्रम वडा न ९ का अध्यक्ष देबी बहादुर रायमाझीको अध्यक्षता वडा सचिब धर्मराज पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाकी महिला संयोजक बेलकुमारी परियार स्वागत मन्तब्य राख्नुभएको थियो कार्यक्रममा वडा सदस्य विष्णु प्रसाद आचार्य , राप्रपाका नेता गणेश थापा राष्ट्रिय जनमोर्चाका नेता धर्मराज भुसाल शिक्षक बलराम रायमाझी पत्रकार महासंघका जिल्ला सहसचिब अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

अन्य समाचारहरु