डिभर्नामा सनराईज् ईङ्ग्लिश बोर्डिङ्ग स्कुलमा शुक्रवारीय कार्यक्रम सम्पन्न

समान्ता पाण्डे 
डिभर्ना, साउन २५ अर्घाखाँची । सनराईज् ईङ्ग्लिश बोर्डिङ्ग हाई स्कुल सन्धिखर्क नगरपालिका वडा न १२ डिभर्नामा शुक्रवारीय कार्यक्रम अन्तर्गत प्रा.बी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
कक्षा ५ को आयोजनामा कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुको बौद्धिक बिकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतितोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा १० समुहको सहभागिता रहेको थियो । जस मध्य सक्षम आचार्यको समूह प्रथम , अनिश पौडेलको समूह द्वितीय र बबिता श्रेष्ठको समूह तृतीय भएका थिए । 
उत्कृष्ट समुहलाई पुरस्कार प्रदान गर्दै बिद्यालयका प्रीन्सिपल नारायण प्रसाद पौडेलले अतिरिक्त कृयाकलापले बिद्यार्थीहरुको सिकाईलाई अझ बलियो बनाउने बताउदै बिद्यार्थीहरुले पाढ्यक्रमले तोकेका विषय संगसंगै बाहिरी कुराको ज्ञान पनि हासिल गर्नु पर्ने बताए 

अन्य समाचारहरु