सन्धिखर्कबाट मोटरसाइकल चोरी गर्ने गुल्मीका एक जनालाई पक्राउ

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट मोटरसाइकल चोरी गर्ने गुल्मीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मीको मदाने गाँउपालिका-६, अर्जेका ३० वर्षिय राजु भनिने भिम बहादुर बिक चोरीको मोटरसाइकल सहित पक्राउ परेका हुन ।
 बैतडीबाट व्यापारको सिलसिलामा सन्धिखर्क आएका रोचक बिकको बा ४९ प ९०६५ नम्बरको मोटरसाईकल सन्धिखर्कको बसपार्कबाट हराएको थियो । 
खोज तलास गर्ने क्रममा गुल्मीको मदाने गाउँपालिकामा विभिन्न व्यक्तिहरुलाई चोरीको मोटरसाईकल विक्री गर्न प्रयासरत रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए । 
बिकलाई चोरी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

अन्य समाचारहरु