लक्ष्मण घिमिरे
अर्घाखाँची । AP1 HD बाट प्रसारण हुने नेपाल लोक स्टारको TOP-12 मा पुगेका अर्घाखाँचीका शुशिल आचार्यले भोट गर्न अपिल गरेका छन । हजारौंलाई उछिन्दै TOP-12 मा पुग्नुभएका गायक आचार्यले अब भोटले मात्र आफुलाई जिताउन सक्ने भन्दै सम्पुर्ण अर्घाखाँचीवासी लगायत देशैभरबाट आफुलाई भोट गर्न आग्रह गरेका हुन ।
विभिन्न विधाका सांगितिक प्रतिस्पर्धा हुने गरेका भएपनी लोकविधा तर्फ भने आईडल हुन लागेको यो पहिलो पटक हो । सुरुवाती चरणमा बुटवलमा सम्पन्न भएको नेपाल लोक स्टारको मेघा अडिसनमा अर्घाखाँचीको शितगंगाका गायक सुशिल आचार्य शिर्ष २५ मा छनोट भएका थिए । १ सय १७ जनाको समुहबाट शिर्ष २५ मा छनोट हुन सफल गायक आचार्य अहिले TOP-12 मा पुग्न सफल भएका हुन ।
उन्ले विगत ५ बर्ष देखि सांगितिक क्षेत्रमा संघर्ष गर्दै आएका छन । अर्घाखाँचीको शितगंगा-६, चिसापानी जन्मघर भएका आचार्य हाल बुटवल बस्छन ।
आधुनिक गीतमा विशेष चाँसो र रुची भएका उनी लोक गीतमा समेत अब्बल रहेको प्रमाणीत गरिसकेका छन । सुमधुर स्वरका धनी उनी विभिन्न मेला महोत्सवमा हुने प्रतियोगीतामा पनि प्रथम स्थान हासिल गर्न सफल भैसकेका छन । कठोर परिश्रम र संघर्ष गरेर यो स्थान सम्म आएको उनले बताएका छन ।
देउराली दैनिक डटकमसंग कुरा गर्दै आचार्यले अब भोटिङ्गले मात्र अर्थ राख्ने भएकाले सम्पुर्ण अर्घाखाँचीवासी लगायत लोकगितप्रेमी महानुभावले भोटिङ्ग गरिदिनुहुन आग्रह गरेका छन । सकेजती भोट गरेर अर्घाखाँचीको ठिटोलाई जिताउन मद्दत गर्नुहोला, उनले भने भोट गर्न को लागि मोबाईलको Message Box मा गएर L लेखेर एउटा स्पेस छोडेर 03 लेखेर 37000 मा पठाउनु होला ।
कार्यक्रम प्रत्येक साताको विहिवार र शुक्रवार राती साढे आठ बजेबाट AP1 HD बाट प्रसारण हुने गर्दछ ।