अर्जुन भुसाल
२६ भाद्र २०७६ – काठमाडौँ, २६ भदौ । औद्योगिक शान्ति नेपालले साङ्गीतिक अवार्ड प्रदान गर्न सुरु गरेको छ । विभिन्न जिल्लमा औद्योगिक महोत्सव गर्दै आएको संस्थाले यो वर्षबाट साङ्गीतिक क्षेत्रका विभिन्न विधाहरुमा अवार्ड प्रदान गर्न थालेको हो । औद्योगिक शान्ति अवार्ड २०७६ वितरण कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले मनोरञ्जन मानिसको आधारभूत आवश्यकता भएकोले यसबाट टाढा रहेर जीवन जीउन मुस्किल हुने बताउनुभयो ।