सन्धिखर्क ४ र ५ वार्डमा हिन्दू जागरण नेपाल अर्घाखाँचीको वार्ड स्तरिय भेला सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । हिन्दु धर्मरक्षा परिषद का केन्द्रीय अध्यक्ष   तथा धार्मिक नेता नारायण प्रसाद खनालले हिन्दु धर्मको संरक्षणमा लाग्न सबै हिन्दुहरुलाई आग्रह गर्नु भएको छ ।
अर्घाखाँची जिल्लामा निकै प्रसासनिय काम गरि समाजसेवामा तल्लिन बन्नु भएका सामाजिक अभियान्ता खनालले अर्घाखाँची जिल्लाका बिभिन्न ठाउँहरुमा पुगेर हिन्दु धर्मको संरक्षणका लागि अभियान सन्चालन गरि हिन्दु धर्मको सरक्षणका लागि आफुहरु अभियानको रुपमा अगाडि बढेकोले सहयोगका लागि आग्रह गर्नु भयो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ र ५ मा  हिन्दू जागरण नेपाल अर्घाखाँचीले आयोजना गरेको वार्ड स्तरिय भेला तथा हिन्दु जागरण स्यमसेवक कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताउनु भएको हो। 
सन्धिखर्कको चुत्राबेसीमा रहेको सिदेश्वर मन्दिर सरक्षण समितिका अध्यक्ष समेत रहनु भएका खनालले आफ्नै लगानिमा बृद्धा श्रमसमेत बनाई दुखि पिडितहरुको सेवा गर्दै आउनु भएको छ ।
अर्घाखाँचीका बिभिन्न सामाजिक सघ सस्थाहरुलाई करोडौं रुपैयाँ रकम सहयोग गरेका खनाल हिन्दु जागणर अभियानका केन्द्रीय सदस्य हुन ।
निकै अनुसासित खनाल धार्मिक  रुपमा हिन्दु कट्रर नेता हुन । कार्यक्रममा हिन्दु जागरण अभियानका जिल्ला अध्यक्ष नारायण खड्का उपाध्यक्ष, आतिष कुमार बिक,  जिल्ला सचिब दिपक आचर्य, सहसचिव नरेन्द्र रिजाल  सदस्यहरु बल बहादुर बिसि राजु पन्थि बाबुराम खत्रि अमृत श्रेष्ठ राजकुमार श्रेष्ठ बाबुराम श्रेष्ठ लगाएतले हिन्दु जागण अभियान अगाडि बढाउनुको महत्त्वबारे प्रकास पारेका थिए ।
अभियान जिल्ला भर सन्चालन गरिने सरक्षक नारायण खनालले बताउनु भयो ।  भेलाले कृस्न प्रसाद भुसालको अध्यक्ष तामा १७ सदस्यीय वार्ड स्तरिय समिति गठन गरेको छ । जसको उपाध्यक्ष साहास भुसाल सचिब  सुरेन्द्र केसी  सहसचिब चोपनारायण श्रेष्ठ कोषाध्यक्षमा कृस्न अधिकारी  रहेका छन ।

अन्य समाचारहरु