अखिल छैठौंकाे संघियता बिरुद्ध काठमाडौ मार्चकाे सयुक्त जिल्ला भेला सम्पन्न

टेकराज भुसाल (टेकु) बुटवल 
मंसिर २६ रुपन्देही! अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले संघीयता विरुद्व काठमाडौ मार्च’को सयुक्त तयारी भेला सम्पन्न गरेकाे छ।
अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सघीयता विरुद्धको काठमाडौं केन्द्रित आन्दोलन व्यवस्थित र व्यापक बनाउन सामूहिक छलफल र जिल्लाबाट बढी भन्दा बढी विद्यार्थी सहभागिता गराउने निर्णय गरेको छ ।
 अखिल (छैठौं)का महासचिव महेशराज जोशी, बिश्व कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ अाचार्य, राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला सचिब टान बहादुर केसि, अखिल (छैठौं) ५ नम्बर प्रदेश अध्यक्ष सुरेश अाचार्य, अखिल (छैठौं) पाल्पा जिल्ला अध्यक्ष पुरन पाेखरेल, अखिल नेपाल युबक संघका रुपन्देही जिल्ला काेषाध्यक्ष मिलन पाेख्रेल, लगायतका नेताहरुकाे उपस्थित रहेकाे थियाे। कार्यक्रम अखिल (छैठौं) कपिलवस्तुका अध्यक्ष रिशभ आचार्यकाे सञ्चालन, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सराेजमान सिंहकाे अध्यक्षता, नवलपरासी जिल्ला अध्यक्ष सगर सुबेदिकाे स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेकाे थियाे। 
अखिल (छैठौं)  कपिलवस्तु  जिल्ला अध्यक्ष रिसभ आचार्यको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता रुपन्देही जिल्ला अध्यक्ष सराेजमान सिंह गर्नुभएको थियो भने स्वागत मन्त्वय अखिल (छैठौं) नबलपरासीका अध्यक्ष सगर न्याैपाने गर्नुभएको थियो ।