जुकेनामा शितगंगा-६ को कोरोना नियन्त्रण समितिको बैठक सम्पन्न

विक्रम आचार्य
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वडा नं ६ मा वडास्तरीय कोरोना नियन्त्रण समितिको बैठक बसी विभिन्न निर्णय गरेको छ । वडा अध्यक्ष एवं समितिका संयोजक ऋषी बहादुर रेश्मीको अध्यक्षता बैठक बसेको हो ।
बैठकले कोरोना भाईरस नियन्त्रणको लागि कडाई गर्ने, रातह वितरण तथा सचेतना जगाउने र वडा स्तरीय राहत कोष खडा गर्ने लगाएतका निर्णयहरू गरेको छ ।
समितिले बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको नियमित अनुगमन, उनीहरुको स्वास्थ्य अवस्था, अति विपन्नको विवरण संकलन गरी राहत वितरण गर्ने, लक डाउनको पालना गर्न वडाबासीलाई आग्रह गर्दै कोरोना भाइरसबाट बच्ने उपायका बारेमा नागरिकलाई जानकारी गराउने लगायतका काम गर्ने वडाध्यक्ष रेश्मीले जानकारी गराउनु भयो ।
त्यसै गरी टोलटोलमा उपसमिति गठन गरी कोरोना नियन्त्रणको लागि काम सुरु गरिएको छ । उप समितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधी, संघ संस्था, स्वास्थ्य स्वयमसेविका लगायत वडा भित्रका समाजसेवी युवाहरुलाई परिचालन गरिने भएको छ ।