अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ७ नुवाकोट क्वारेन्टाइनमा रहेका ३ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ शनिबार ७ जनाको आरडीटी परिक्षण गरिएको थियो । निगेटिभ देखिएका ४ जनालाई ७ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाईएको बताइएको छ ।
३ जना पोजिटिभ र अन्य ६० जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।
खिल्जी क्वारेन्टाइनमा १ जनाको आरडीटी पोजेटिभ आयो
भुमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जी क्वारेन्टाइनमा रहेका १ जना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ शनिबार ६० जनाको आरडीटी परिक्षण गरिएको थियो । निगेटिभ देखिएका ५९ जनालाई ७ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाईएको नगर प्रमुख रेशम थापाले जानाकारी दिनुभयो ।
१ जना पोजिटिभ र अन्य ७८ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।