रामचन्द्र काफ्लेको राष्ट्रिय गीत ‘सुरक्षा गरौँ सीमाको अब, तब बन्छ राष्ट्र’

काठमाडौं । नेपाल र भारत बीच सीमा बिवाद चर्किरहेको बेला गायक रामचन्द्र काफ्लेले ‘सुरक्षा गरौँ सीमाको अव, तब बन्छ राष्ट्र’ बोलको राष्ट्रिय गीत ल्याएका छन् । 


गीतमा गायनमा काफ्लेलाई गायिका जुनु रिजाललेसाथ दिएकी छन् । काफ्लेकै संगीत रहेको गीतमा सुरेन्द्र केसीको शब्द रहेको छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । जसमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई, आकाश श्रेष्ठलगायतको अभिनय समेटिएको छ ।

भिडियो / निर्देशन  -दीपेन्द्र केसी
https://youtu.be/t2YI5ycO1GI