-तेजेन्द्र दिलसमशेर पाण्डे
रुकुम पश्चिम
६ जनाको ज्यान जाने गरि भएको सोति चौरजहारी घटनाको आज देखि रुकुम अदालतमा बहस शुरु हुँदैछ । बिहिबार बयान सकियपछी दुबै पक्षका कानुनब्यबसायिले शुक्रबार देखि बहस गर्दैछन । २७ जना अभियुक्तको बयान सकिन ३ दिन लागेको अदालतले जानकारी गराएको छ।
आरोप लागेका २ जना बालबालिकाको भने सोमबार नै बयान र बहस सकिएको थियो ।
उनिहरुलाइ पुर्पक्षका लागि सुधार गृहमा पठाउन अदालतले आदेश गरिसकेको छ ।
उक्त आदेशका लागि पिडितको तर्फ देखि सहन्यायाधिवक्ता धुर्वराज ज्ञवाली,जिल्ला न्यायधिबक्ता केशव चपाइ,जिल्ला सहन्यायधिवक्ता बिनोद पौडेल ,प्राइभेट कानुनब्यबसायिहरु ,अधिबक्ता डा.नवराज गौतम,अधिबक्ताहरु मोहन शन्कर,आरसी गौतम,तेजेन्द्र पाण्डेय र मनिशा रोकायाले बहस गरेका थिए । त्यसैगरी प्रतिबादिका तर्फ देखि अधिबक्ताहरु भुवनेश्वर उपाध्याय ,गणेश हमाल,रत्नबहादुर खड्का र भक्तबहादुर मल्लले बहस गरेका थिए ।
बयान सकिएका बाकी २७ जनालाई अब के गर्ने भन्ने निर्णय बहस पछि मात्र टुङ्गो लाग्ने छ । शुक्रवार देखि हुने बहसमा प्राइभेट कानुन ब्यबसायिहरु बरिस्ठ अधिबक्ताहरु डा.नवराज गौतम र दिनेश त्रीपाठि अधिबक्ताहरु श्याम बिक,मोहन साशन्कर,आरसी गौतम,तेजेन्द्र पाण्डेय र मनिशा रोकाया लगायतले पिडितको तर्फ देखि बहस गर्दैछन, भने प्रतिबादिका तर्फ देखि अधिबक्ताहरु भुवनेश्वर उपाध्याय ,गणेश हमाल,रत्नबहादुर खड्का र भक्तबहादुर मल्ल लगायतले बहस गर्दैछन ।
गत १० गते भएको उक्त घटनामा कर्तव्य ज्यान,ज्यान मार्ने उध्योग र जातिय छुवाछूतको अपराध भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले आइतबार ३४ जना बिरुद्द जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
३४ जना मध्ये ५ जना अभियुक्तहरु हालसम्म फरार रहेको र उनिहरुको अनुसन्धान जारी रहेको रुकुम पश्चिम प्रहरिले जानकारी गराएको छ ।
जातिय भेदभावको कारण घटना भएको भन्दै जाजरकोट र रुकुम पस्चिममा स्थानीयले दैनिक आन्दोलन गर्दै आइरहेका छन । उक्त घटनामा जाजरकोटका नवराज बिक सहित ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भयका थिए।