२०७७ आषाढ २२, सोमवार मा प्रकाशित
सागर महत / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिको आयोजनामा पालिका स्तरमा खोप ऐन नियमावली एईएफईएल को जानकारी, खोप कार्यक्रमको समिक्षा तथा सुक्ष्म योजना अत्यावधिक कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख कमल प्रसाद भुसालले नगर भित्र रहेका बालबालिका खोप सहभागी गराउनको लागी कही पनि नछुटने गरी नगरपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य क्रमी लागी परेको बताउदै कोरोना भाइरस नियन्त्रण गर्नको लागी नगरपालिकाले निकै फलदायी काम गरेको र यसमा स्वास्थ्य क्रमीले पनि पुर्ण साथ दिएको बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले सन्धिखर्क नगरपालिका भित्र रहेका बालबालिकाहरु सबै खोपको पहुचमा रहेको भन्दै स्वच्छ नगरपालिका बनाउन नगरपालिका लागि रहेको बताउदै, कोरोना रोकथाकमको लागी रात दिन नभनी खटिने स्वास्थ्य क्रमी लाई सरकारको मापदण्ड अनुसार प्रोत्साहन भत्ताको दिइने र स्वास्थ्य क्रमी आत्मबल बढाएर काम गर्न आग्रह गर्नु भयो ।

कार्यक्रम सन्धिखर्क नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो । खोपको महत्वका बारेका जिल्ला स्वास्थय कार्यलयका खोप शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।