अर्घाखाँचीका कलाकार सम्झना लामिछाने मगर र खुमराज घिमिरेको तीज गीत होहोनी माया सार्वजनिक

अर्जुन बेल्बासे
काठमाडौं । अर्घाखाँचीका पुराना अनि चर्चित गायक खुमराज घिमिरे र पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा कमाएकी अर्घाखाँचिकै चेली सम्झना लामिछाने मगरले नयाँ तीज गीत ‘होहोनी माया’ बजारमा ल्याएका छन् ।
नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “होहोनी माया” नेपाली मौलिक संस्कृतिको महत्व बोकेको र तिजको समयमा चेलिहरुको को पिर व्यथा , समसामयिक घटनालाई समेटेर उक्त गित तिज गित बजारमा ल्याएका हुन् ।
चर्चित गायक खुमराज घिमिरेले शब्द संकलन तथा संगीत भरेको उक्त गितको भिडियो गायिका सम्झना युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।
उक्तगितमा गायिका लामिछानेलाई अर्का गायक सुमन सागर जंग केसीले आवाजमा साथ दिएका छन् । त्यस्तै, कमल सौरागले संगीत संयोजन गरेको गीतको भिडियोमा सुमन सागरको निर्देशन रहेकोगितको भिडियो गोकुल अधिकारीले खिचेको भिडियोमा गायिका सम्झना लामिछाने सँगै सुमन सागर जंग, , खुमराज घिमिरे, खड्ग बहादुर पुन, विश्वास नेपालविमला कार्की, सर्मिला शर्मा, तिलक कोईराला, सुरज खनाल, सुरेश क्षितीज, बास्मती केसी लगायतको अभिनय गरेका छन् ।
सार्वजनिक भएको २४ घण्टा नबित्दै ५२ हारभन्दा बढी दर्शकको नजर परिसकेको उक्त गित नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
आमा तिम्लाइ सम्झेर झलझली धुरुधुर रुन्छ मेरो मन , अर्घाखाँची सुपामाइको थान, घर अर्घाखाँचीमा ,डाकटर साहेप,मिर्मिजालैमा लगायतका गित बाट चर्चा कमाएका गायक घिमिरेको अब केहि समयमै अर्घाखाँची जिल्लाको शितगंगाको विविध पक्षलाई समेटेर गित सगैँ यस्तै कुनै समयमा नेपालीले गुनगुनाएर चर्चित भइ सकेको उनका गित पुन नेपाली सांगितिक आकासमा आउदै छन् ।