अर्घाखाँचीकी कमला आचार्यको दोस्रो तीज गीत “रक्षा गर मालिका” सार्वजनिक (भिडियोसहित)
श्रावण २ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली हिन्दु नारीको महान पर्व नजिकिँदै गर्दा तीजका गीतको बजारमा आउने क्रम पनि बढिरहेको छ । यीनै तीज गीतको भिडमा अर्घाखाँची जिल्लाको सन्धिखर्क निवासी कमला आचार्यले पनि दोस्रो तीज गीत “रक्षा गर मालिका” सार्वजनिक गरेकी छिन् ।
तीजका गीतमा विकृति बढीरहेका बेला उनिले भने गाउँघरका भाका संकलन गरी तीज गीत “रक्षा गर मालिका” तयार पारेकी हुन् ।
कमला आचार्यको स्वरका साथै शब्द संगीत रहेको यस गीतमा बिमल अधिकारीको निर्देशन तथा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन प्रकाश धमलाले गरेका हुन् । यस्तै रमा थपालिया र कमला आचार्यको निकै नै राम्रो अभिनय रहेको छ ।
तीज गीतको बजार व्यवस्थापन बिन्दवासिनी म्युजिकले गरेको छ । यस गीतमा थोरै छायांकनमा अर्घाखाँची जिल्लाको सुपादेउरालीलाई पनि समटेर बनाइएको छ ।
आफूले गाउँकै भाका संकलन गरेर तीज गीत तयार पारेको कमलाको भनाई छ । तीज हाम्रो परम्परा हो, हाम्रो संस्कार हो, त्यसैले तीजका लागि तीजकै विषय समेटेर गीत तयार पारेको छु, व्यापारका लागि त जस्तो गीत निकाले पनि हुन्छ, जहिले निकाले पनि हुन्छ’ कमला भन्छिन् ।
सन्धिखर्क साविक खाचिकोट -६ निवासी गायिका कमला गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सन्धिखर्क नगरपालिकाको उपमेयर पदको लागि उम्मेदवारी पनि दिएकी थिईन् । गत वर्ष आचार्यको पहिलो तीज गीत “घिउ सँगाली राखे आमा” सार्वजनिक गरेकी थिईन् ।