पुनम थापा मगरको ज्यानको माया लाएछ नयाँ तीज गीत सार्वजनिक (भिडियो सहित)
श्रावण ८ गते, २०७७ मा प्रकाशित
कमला घिमिरे
सन्धिखर्क, अर्घाखाँची । हिन्दु नेपालीहरुको महान चार्ड हरितालिका तिज आउन अझै केही दिन समय बाकी छ तर नेपाली कलाकारले भने धमाधम तिजका गितहरु बजारमा त्याउन सुरु गरिसकेका छन् ।
कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकार तिजका गितहरुलाई ल्याउन लागि परेका छ्न । यसै क्रममा पुनम थापा मगरको ज्यानको माया लाएछ भन्नी गित बजारमा सार्वजनिक भएको छ ।
भागिरथ चलाउने र पुनम थापा मगरको स्वरमा रहेको गितलाई शब्द लय बिष्णु न्यापानेले गरेका छन !यश सांगीतिक कोसेलीमा अहिलेका चर्चित मोडेलहरु प्रकाश सापकोटा अञ्जली अधिकारी,रश्मि भट्टको अभियन रहेको छ ।
बिनोद भन्डारी को निर्देशन दिपक गिरिको छायांकन रहेको गितलाई शिव पौडेलले सम्पादक गरेका छ्न ।
उक्त गितलाई भागिरथ चलाउने को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।