सन्तोष ढकाल
नेपाल सरकारले चैतबाट गरेको लकडाउन सर्ववोदितै छ। देशैभरी गरिएको लकडाउनको असरले कुनै पनि वर्गलाई अछुतो राख्न सकेको छैन। कोभिड-१९ को कारणले उद्योग कलकारखाना पुरै बन्द छन भने निजामती कर्मचारी र अन्य पेसा ब्यवसायका मानिसहरु पनि प्रताडित रहेका छन। प्राइभेट सङ्घ सस्थाका कर्मचारीहरु बेतलबी भएर बसेको पनि आज पाच महिना भइसकेको छ। विश्व अर्थतन्त्र नै तहसनहस गरि ७ लाख भन्दा बढीको ज्यान जाने गरि महामारीको रुपमा फैलिएको कोभिड-१९ ले मानव मनोबल र मनोबिज्ञानमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गहिरो प्रभाव पारेको छ।
नेपालमा हालसम्म ४० हजारको सङ्क्रमण रहेको छ। यसमा अाधाभन्दा धेरै निको भएर घर फर्किसकेका छन। करीब २०० जना बढिको ज्यान नि गइसकेको छ। लकडाउन दुइचरणमा गरेर सरकारले रोग फैलिनबाट जोगाउन त खोजेकै हो। पहिलो चरणमा विदेशबाट र भारतीय मुलबाट आएका नागरिकमा भएको सङ्क्रमण मात्रै थियो। त्यसपछि देखापरेका आर्थिक, सामाजिक र मनोबैज्ञानिक समस्या लकडाउनले झन बृद्दि भएपछि सरकार लकडाउन खोल्न बाध्य भयो। तर तेत्रो समय लकडाउन गर्दा पनि पर्याप्त स्वास्थ सामाग्रीको ब्यवस्था गर्न सकेन।
देशनै सङ्क्रमणको अवस्थामा पुग्दा तनहुँ पनि अछुतो रहन सकेन। यहाँ रहेका १० वटा स्थानीय निकायपनि सङ्क्रमणको शिकार बन्न पुगे। लकडाउन खोलिसकेको अवस्थामा मानिसहरु सामान्य सुरक्षाका विधि पनि नपनाई भिडभाड र मनपरी तरिकाले व्यवहारहरु गर्न थाले। सार्वजनिक सवारीको सन्चालन, भिडभाड, घरगाउमा जुवातास, भट्टीपसलका अबेर सम्मका चर्काचर्की देश बनाउने गफगाफले महामारी फैलिनलाई जोडबल पुगेकै हो।
भानु-नगरपालिका अहिलेको समयमा सबैभन्दा धेरै सङक्रमीत भएको ठाउ बन्न पुगेको छ। समुदायस्तरमा फैलिएको कोभिड-१९ ले आजको दिनसम्म करीब १०० जना बिरामी भैइसकेका छन भने परिक्षणको अभावमा झन व्यापक रुपमा रोग फैलिरहेको छ। स्थानीय निकायको प्रदेस र सङ्घीय सरकारसग समन्वय हुन नसक्दा भयावहको स्थिति सिर्जना भएको छ।सरकारले देशैभरी दोश्रो चरणको लकडाउन गरेपछि भानुमा २२ जनाको सङ्क्रमण देखिएसगै भदौ ४ गतेबाट पुर्ण निषेधाज्ञा जारी भएपनि स्वास्थ सग सम्बन्धित प्रबन्ध मिलाउने सकिएको छैन। स्थानीय बासिन्दाको दैनिकी असामान्य बन्दै गएको छ भने रोग दिनको दुई र रातको चार गुनाको द्रुत गतिमा फैलिरहेको छ। बेलैमा सरकारले ध्यान नपुर्याउने हो भने यहाँ फैलिएको माहामारीले अन्य ठाउमा समेत प्रभाव नपर्ला भन्न सकिन्न। जनता सचेत र सुरक्षित हुन महत्त्वपूर्ण कुरा हो।अहिलेलाई निषेधाज्ञा बढाएर २४ गतेसम्म बढाइएको छ।
भानु नगरपालिका कोरोना रोकथाम र व्यवस्थापनमा नराम्रोसँग चुक्यो। सङ्क्रमित हुनुभएकहरुलाई अहिलेसम्म हस्पिटलको आइसोलेशनमा पुर्याउन सकिएको छैन। न नगरपालिकामा आइशोलेशन छन् न PCR मेसिन छ न प्रयाप्त किट छन्।
न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई समेत आवस्यक मात्रामा PPE को जुहाड गरिदिएको छैन नगरपालिकाले।
भानु नगरपालिका कोरोना को हब बन्दै गइरहेको अवस्थामा संक्रमण पुष्टि भइसकेका हरुको सम्पर्कमा आएका हरुको पहिचान समेत पूर्णरुपमा गर्न सकिएको छैन।
समुदायमा धेरै मात्रामा कोरोना सँग मिल्दाजुल्दा लक्षणहरू देखिएता पनि नगरपालिकाले टेस्ट गर्ने वातावरण नमिलाइदिनाले र जनचेतनाको अभावले संभावित संक्रमितहरुको पहिचान हुन सकिरहेको छैन।
कोरोना रोकथामको लागि राखिएको बजेटको छिटो सदुपयोग गरौँ।
नगरपालिका भित्रै उचित स्थानमा संक्रमितहरुलाई राख्नको लागि व्यवस्था गरियोस्।आफ्नै PCR मेसिन र प्रयाप्त मात्रामा परीक्षण किटको लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्यो या तुरुन्त खरिद गर्नुपर्यो। ढिला हुँदैछ। पिसिआरको दायरा बढाएर स्वस्थमा स्थानीय निकायको लगानी नबढाउने हो भने जनता रोग, भोक र आर्थिक चापले मर्नेछन। यसको जिम्मावार सरकार हुनेछ। सरकार, स्थानीय तह र स्थानीयबासीको समन्वयमा पहिला रोगसग लडौ त्यसपछि अरु गतिविधी गरौला। “स्वास्थ नै धन हो, वाच्न पाए न नाच्न पाईन्छ” हामीलाई सहानुभूति मात्रै होइन, व्यवहारमा कार्यनयन भएको स्वास्थ अवस्था हेर्न चाहन्छौ।
के के गर्न पाइन्छ त?
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइन्छ।
त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका गाडी, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन भनेर जानकारी आएको छ।
यी हुन संचालन गर्न नपाइने ?
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।
( लेखक: सन्तोष ढकाल भानु नगरपालिका-६ को स्थानीय बासिन्दा हुनुहुन्छ।)