शितगंगा नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा, वार्ड न‌ं ३ र १० का वडाअध्यक्षहरुलाई कारबाहीको माग (प्रेस विज्ञप्ती सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका कर्मचारीहरुले आफनो मनोबल गिर्ने गरी जनप्रतिनिधीहरुबाट हुने गरेका क्रियाकलाप अन्त्य गर्न अनुरोध गर्दै शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 
कर्मचारीले निति र निर्देशन अनुसार काम गर्नु पर्ने भए पनि अनेक बाहानामा जनप्रतिनिधीहरु बाट अपहेलना गर्ने प्रवृती बढेको भन्दै नगरपालिकाका कर्मचारीहरुले हस्ताक्षर गरि बिज्ञप्ति जारी गरीी नगर प्रमुख लाई बुझाएका हुन् ।
कर्मचारीहरु द्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ  कि नगरपालिकाको कार्यपालिका बैठकमा वार्ड नम्बर ३ र १० का वडाअध्यक्षहरुले  प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमलाई  निच शब्द प्रयोग गर्दै निति बिधि र प्रकृयाको खिल्ली उडाउदै निकृष्ट हरकत भएको प्रति नगरपालिकाका कर्मचारीहरुले आपति जनाएका छन् ।
 
शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले अन्य कर्मचारीहरुलाई समेत बिभिन्न स्थानमा अपहेलना तथा हातपात नै हुने गर्दा समेत कर्मचारीहरुको आत्मबल घटाउने काम गरे पनि कर्मचारी मौन रहेको कारण अहिले पनि त्यस्तै हर्कत कायम रहेकोले कर्मचारीले सहेर बस्न नसकिने अबस्था आएको बताउनु भयो । 
 
यस्तै पछिल्लो समय शितगंगा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधहरु बिच तालमेल हुन सकेको छैन् । जनप्रतिनिधीले प्रमुख प्रशासकिय अधिकृतले काम रोक्दा समस्या भएको आरोप लगाएका छन् भने प्रमुख प्रशासकिय अधिकृतले निति बाहिर काम गर्न दवाव दिने र प्रकृया नपुगेका कामको भुक्तानी तथा मुल्याङकन  गर्न नमान्दा बिबाद भएको कर्मचारीहरुले निति भित्र कुनै काम नगरेको प्रमाण पेश गरे कारवाहीको भागेदार बन्न तयार रहेको बताउनु भएको छ । 
पछिल्लो बैठक को बिबादको प्रमुख कारण  नियम बिपरित कर्मचारी भर्ना गर्ने बिषयमा कुरा नमिले पछि भएको गौतमले बताउनु भयो । नगर प्रमुखको सहयोगीको रुपमा नियम बिपरित कर्मचारी भर्ना गर्न बिधिले नदिने भएकोले त्यसलाई स्विकार गर्न नसकिएको गौतमले बताउनु भयो ।

अन्य समाचारहरु