गुल्मी घर भएकी चर्चित कलाकार दिसान्ती परिवारको नयाँ गीत “काँचो बयर” सार्वजनिक
आश्विन ३ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । गुल्मी जिल्लाको खैरेनी घर भएकी चर्चित कलाकार दिसान्ती परिवारको नयाँ गीत काँचो बयर सार्वजनिक भएको छ ।
गुल्मी घर भएकी चर्चित कलाकार दिसान्ती परिवारको स्वर र अभिनय रहेको नयाँ गीत काँचो बयर सार्वजनिक भएको हो । काँचो बयर गीतमा दिसान्ती सहित राम्जी खाँडको पनि स्वर रहेको छ ।
यस्तै यस म्युजिक भिडियोमा सब्द, संगीत गणेश अधिकारीको रहेको छ । गीतको अभिनय दिसान्ती र दुर्गेश थापाको रहेको छ । साथै यस म्युजिक भिडियोको निर्देशन सिर्जन बराल, सहायक निर्देशन हरी अधिकारी र छायांकनमा सिर्जन बराल र दीपक गिरीको रहेको छ ।
काँचो बयर म्युजिक भिडियो हार्टबिट नेपाल प्रालीले सार्वजनिक गरिएको छ ।
काँचो बयर माया, प्रेम कथा वस्तुमा आधारित रहेको छ ।