कुलेन्द्र विक
बाँके । बाँकेमा सिकिस्त विरामी संख्यामा उकालो लाग्दै गएको छ ।
जिल्लामा हाल २४ जना सिकिस्त विरामीको उपचार भइरहेको छन् । नेपालगञ्जको भेरी अस्पतालमा १२ र कोहलपुर शिक्षण अस्पतालमा १२ जना सिकिस्त विरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेरीमा ५४ जना मध्यम र १ जना सामान्य विरामी उपचारार्थ भर्ना छन् ।
त्यस्तै कोहलपुर शिक्षण अस्पतालमा ३६ जना मध्यम र २६ जना सामान्य विरामीको उपचार भइरहेको छ ।