अर्घाखाँचीका अभिनव चौहानको स्वर, निर्देशन रहेको दशैंँ गीत घरमा आउदिन सार्वजनिक, छोटो समयमै चर्चा बटुल्दै चौहान

निरु आचार्य (नवरश्मी)
काठमाडौं असोज २७ । सुभाष ज्ञवाली र निरु आचार्यको तीज गीत आमाले किन्दिएको पछ्यौरीबाट गीत गाउन सुरु गरेका अभिनव चौहानले पछिल्लो समयमा धेरै गीतहरु बजारमा लिएका छन् ।
उनी आफै शब्द/लय/स्वर/अभिनय र निर्देशन जस्ता थुप्रै काम आफैले गर्दै आएका छन् ।
हालै सार्वजनिक भएको दशै गीतमा उनै अभिनवको निर्देशन/आवाज र अभिनय रहेको छ।जसमा शब्द भरत चौहान र लय तथा एरेन्ज कृष्ण लामिछानेको छ।विरेन्द्र भट्ट र नमराज घिमिरेले निर्देशन गरेको यस गीतलाई विष्णु भट्टराईले सम्पादन गरेर अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
मंगलम रेकर्डिङ्ग स्टुडियोमा  रेकर्ड भएको गीतमा अभिनव चौहान, सलिना बुढाथोकी, सावित्री दाहाल र कमल सेर्पालीको अभिनय देख्नु सक्नुहुनेछ भने भरत चौहानको नामबाट बजारमा गीत आएको हो।