राम्जी खाँडको माकुर माकुर माकुर्री सार्वजनिक (भिडियो सहित)
कार्तिक १५ गते, २०७७ मा प्रकाशित
अर्जुन बेल्वासे
कपिलवस्तु –देश तथा विदेशका हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायक लकडाउनमा समेत सयौँ गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहि चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायक राम्जी खाँडकोे नयाँ गीत माकुर माकुर माकुरी भिडियो सार्वजनिक भएको छ ।
नवगायिका शिवा गिरी विभिन्न रियालिटी सो मा आफूलाई प्रस्तुत गर्दै आउनुभएकी शिवाको पहिलो युगल गीतहोकपिलवस्तु जिल्लामा जन्मिएर हाल काठमाडौंमा संघर्षरत उहाँले नेपालका चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल, नेपाल आइडल लगायतमा आफ्नो दमदार प्रस्तुती दिएर धेरै दर्शक स्रोताको मन जितीसक्नु भएको छ ।
उक्त भिडियोमा पछिल्लो समय चर्चामा आएका मोडल तथा नित्य निर्देशन सुमन पौडेल र सुमी घर्ती मगरको अभिनय रहेको छ ।भिडियोमा कमल, विजय , शिव, वर्षा ,सरद, प्रविन, मिसन, दिपक लगायतले अभिनयमा साथ दिनु भएको छ ।
गितमा संकल्प पुनको शव्द रहेको छ भने लय तथा संगित संयोजन लोक तथा आधुनिक गायक दिपक भण्डारीको रहेको छ ।लोक तथा आधुनिक गायक दिपक भण्डारीको युटुब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको सम्पादन र निर्देशन सुमन पौडेलले गर्नु भएको भिडियोको छायांकन असद पठान र भिडियोको कोरियोग्राफी बबिता धितालको रहेको छ ।