ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनद्वारा आउंदो मे ६ मा आम चुनाव गराउने घोषणा

ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनले आउंदो मे ६ तारिखका दिन आम चुनाव गराउने घोषणा गरेका छन्।

ब्रिटेनकी महारानीलाई मंगलबार बिहान बकिङघम राजदरबारमा भेटर संसद विघटन गर्न आग्रह गरेपछि उनले त्यस्तो घोषणा गरेका हुन्।

प्रधानमन्त्री ब्राउनले सत्तारुढ लेबर पार्टीलाई लगातार चौथो पटक निर्वाचनमा विजयी गराउन कोसिस गरिरहेका छन्।

तर पछिल्ला जनमत सर्वेक्षणहरुले चाहिं मुख्य विपक्षी दल कन्जर्भेटिभ पार्टी अगाडि रहेको देखाएका छन्।

ह्वाइटहलस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर बोल्दै प्रधानमन्त्री ब्राउनले आउंदो महिना आम चुनाव गराउने घोषणा गरेका थिए।

आफ्नो मन्त्रिपरिषद्का सम्पूर्ण सहयोगीहरुसंगै उभिएर ब्राउनले भने, “शायद यो हालैका वर्षहरुमा सबै भन्दा कम गोप्य राखिएको जानकारी हो।

तर रानीले संसद विघटन गर्न सहमति जनाउनु भएको छ र आम चुनाव मे ६ तारिखमा हुनेछ।”

प्रधानमन्त्री ब्राउनले ब्रिटिश अर्थतन्त्र आर्थिक सुधारको बाटोमा रहेको र त्यसलाई खतरामा पार्न नहुने आग्रह गरे।

डांवाडोल

तर विपक्षी दलहरुचाहिं आउंदो पांच वर्षसम्म लेबर पार्टी नै सरकारमा रहीरहे देशको अर्थतन्त्र अरु डांवाडोल हुने बताउंछन्।

अब आउंदो चार सातासम्म ब्रिटिश राजनीतिज्ञहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्न देशभरि पुग्नेछन्।

images

निश्चयनै जुन दलले देशको अर्थतन्त्र राम्रोसंग सन्चालन गर्नसक्छ भनेर मतदाताहरुले विश्वास गर्नेछन्, सोही दलले चुनाव जित्ने छ।

तर यो चुनावको नतीजा कस्तो आउला भनेर अहिले नै अनुमान गर्न गाह्रो छ।

images

ब्रिटेनको चुनावी इतिहासमै पहिलो पटक प्रमुख राजनीतिक दलका नेताहरुबीच तीनवटा टेलिभिजन बहसहरु आयोजना गरिनेछन्।

यसले गर्दा यो चुनाव नेताहरुको व्यक्तित्वमा आधारित प्रतिस्पर्द्धा पनि बन्न पुग्नेछ।

images

अर्थतन्त्रमा आएको मन्दी र सांसदहरुले जथाभावी तिनका खर्च दावी गरेका भन्ने विवादका कारण पनि मतदाताहरु क्रुद्ध र सामान्यतया राजनीतिज्ञहरुप्रति कम आश्वस्त देखिन्छन्।

पछिल्ला जनमत सर्वेक्षणहरुले मुख्य विपक्षी दल कन्जर्भेटिभ पार्टी सत्तारुढ लेबर पार्टी भन्दा अगाडि रहेको देखाएका छन्।

कन्जर्भेटिभ पार्टीका नेता डेभिम क्यामरनले परिवर्तन र नयां उत्साह जगाउनकालागि आफ्नो पार्टीलाई भोट दिन आग्रह गरेका छन्।

तर विघटित संसदको तेश्रो ठूलो दल लिबरल डेमोक्रयाट पार्टीले यो चुनाव दुई घोंडाहरुबीचको मात्र दौड नभएको जनाएको छ।

Nepal life insurance

उसले दुई ठूला दलले स्पष्ट बहुमत हासिल नगरेको अवस्थामा आफ्नो भूमिका महत्वपूर्ण हुने आंकलन गरेको छ।