यस्तो छ वक्तव्य
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनुभएको छ । उहाँको स्वाव परीक्षण गर्दा हिजो कोरोना पोजेटिभ पनि देखिएको छ । उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु थिए । अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य स्थिति गम्भीर छ ।
आज बसेको केन्द्रीय कार्यालयको बैठकले का। चित्रबहादुर केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ । सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध छ ।
बैंक खाता
राष्ट्रिय जनमोर्चा
वचत खाता नं. १४२०००४१७३०१
राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखा ।’



